विद्यार्थी राजनीतिबाट उदाएका प्रभावशाली युवा नेता : डिबी साउँदको उम्मेद्वारी अध्यक्षमा

कोहलपुर, बैशाख १४,

राजनीतिक यात्रा सधैं सजिलो हुँदैन विशेष गरी विद्यार्थी राजनीतिबाट सुरू गर्नेहरूका लागि । तर डिबी साउँद ती विरलै उदाहरणहरूमा पर्छन् । जसले विद्यार्थी आन्दोलनको सघन माटोबाट हुर्केर आज नेकपा (एमाले) अछाममा प्रमुख दाबेदारको रूपमा आफैंलाई उभ्याउन सफल भएका छन् ।

अनेरास्ववियुका पूर्व केन्द्रीय उपाध्यक्षका रूपमा राष्ट्रव्यापी पहिचान बनाएका साउँद, पार्टीका हरेक तह र तप्कामा लामो समयदेखि आफ्नो सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । संगठन निर्माण, नीति बहस, युवा जागरणदेखि जनसमस्यामा ऐक्यबद्धता प्रदर्शन गर्ने जस्ता जिम्मेवारीहरूमा उनी सधैं अग्रपंक्तिमा रहे ।

पार्टीको विद्यार्थी संगठनबाट सुरु भएको उनको राजनीतिक यात्रा एमालेको मुख्यधारामा प्रवेश गर्दै आज जिल्ला, प्रदेश र केन्द्रस्तरसम्म फैलिएको छ । डिबी साउँदले जिल्ला भित्र मात्र नभई प्रदेश र केन्द्रमा रहेका उच्च नेतृत्वको पनि विश्वास जित्न सफल भएको कुरा गर्वका साथ भन्न सकिन्छ । यही व्यापक स्वीकार्यता र लोकप्रियताका कारण, आज उनी अछाम जिल्लामा एमाले नेतृत्वका लागि प्रमुख आशाका केन्द्रका रूपमा हेरिएका छन् ।

साउँदको व्यक्तित्वमा संघर्षशीलता, संगठनात्मक क्षमता, व्यवहारिकता र स्पष्ट दृष्टिकोणको अद्भुत संगम पाइन्छ । उनले नेतृत्व गरेका विभिन्न आन्दोलन र कार्यक्रमहरूले अछाममा एमालेको जरा गहिरो बनाउन महत्वपूर्ण योगदान पु¥याएका छन् । एक कार्यकालका लागि एमाले अछामको सचिवको जिम्मेवारी सम्हालेका साउँदले संगठनलाई नयां उचाइमा पुर्याउन गरेको पहल आज पनि पार्टीका कार्यकर्ता र समर्थकहरूका सम्झनामा ताजै छ । उनको शैलीमा जोश मात्र छैन, अनुभव र परिपक्वताको राम्रो सन्तुलन छ। डिबी साउँद जस्ता नेताको उदयले अछाममा मात्र होइन, सिङ्गो सुदूरपश्चिम प्रदेशको राजनीतिमा नयाँ ऊर्जा र गति थपिएको अनुभव गरिन्छ ।

युवा उर्जा, सांगठनिक निपुणता र जनतासँगको गहिरो सम्बन्ध बोकेका डिबी साउँद एमाले अछामको भविष्यका लागि अति आवश्यक पात्र हुन् । नयाँ पुस्ताको नेतृत्वको माग चुलिएको आजको अवस्थामा, डिबी साउँदजस्ता प्रतिभाशाली र प्रतिबद्ध नेताले अग्रपंक्तिमा भूमिका खेल्न पाउनु भनेको केवल एक व्यक्तिको सफलता मात्र होइन, अछाम र सिङ्गो एमाले संगठनको भविष्यका लागि एक सुखद संकेत हो ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !