धान रोपाइँ सुरु, तर माटोको स्थिति थाहा नपाउने किसान धेरै

जनता रैका,

कोहलपुर, असार ९,

धान रोपाइँको सिजन सुरु भइसकेको छ । खेतमा पानी राखिएको छ, बिउ उम्रिएर नर्सरीमा हरियाली देखिन थालेको छ । तर, अझै पनि धेरै किसानहरूलाई आफ्नो खेतको माटो कस्तो छ भन्ने कुरा थाहा छैन । माटो परीक्षण नगरी रोपाइँ गर्दा न त मलको मात्रा मिल्छ, न त उत्पादनको भर । बाँकेका कृषि विज्ञहरू भन्छन्,–‘हामी बीउ, मल र श्रममा लगानी गर्छौं, तर माटोको स्वरूप नबुझी गरिने खेती अन्धाधुन्ध लाग्नेसरह हो ।’

नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका लगायतका क्षेत्रहरूमा सञ्चालनमा आएका माटो परीक्षण शिविरहरूले पछिल्लो समय किसानमा विज्ञानमा आधारित खेती गर्ने सोच बढाएको छ । परीक्षणबाट माटोको पीएच स्तर, नाइट्रोजन, फस्फोरस, पोटासियमको मात्रा, सूक्ष्म पोषक तत्त्वको अवस्था, र कार्बनिक पदार्थको अनुपात थाहा पाइन्छ ।

 

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद अधिकारी भन्छन्,–‘अहिले माटोको अत्यधिक अम्लीपन, पोषक तत्त्वको असन्तुलनले गर्दा बालीमा रोग लाग्ने, बिरुवा कमजोर हुने, फल नलाग्ने समस्या बढ्दो छ ।’ उनी थप्छन्,–‘माटो जाँच गरेर आवश्यक मल, चूना वा जैविक सुधारात्मक उपाय अपनाएमा खेती सुधारिन सक्छ ।’ खजुरास्थित माटो तथा मल परीक्षण प्रयोगशालाका प्राविधिक खेम बहादुर केसीका अनुसार लुम्बिनी प्रदेशभर १०० प्रतिशत किसानमध्ये जम्मा २० प्रतिशतले मात्र माटो परीक्षण गराएका छन् ।

स्थानीय किसानहरूमा चेतना भने विस्तार हुँदैछ । ‘पहिला त हामी माटोको कुरा सोच्दैनथ्यौं,’ कोहलपुरका किसान रमेश चौधरी भन्छन्, मेरो माटो मा अम्लिय पदार्थ धेरै रैछ उब्जनी पनि राम्रो सङ्ग हुदैन थियो जब मैले परिक्षण गराए “तर गत वर्ष परीक्षण गराएँ, अहिले उस्तै खेतबाट पहिलेभन्दा ४–५ मुरी बढी धान फल्न थाल्यो ।’

खजुरागाउँपालिका वडा नम्बर –२ का किसान लाल बहादुर खत्री पनि गत वर्ष आफ्नो खेतको माटो परिक्षण गाराए का थिए । आफ्नो खेत को माटो अवस्था बुझ्न खजुरा स्थित माटो तथा मल परिक्षण प्रयोगशालामा पठाएका थिए । उनी ’भन्छनझ मैले माटो परिक्षण गराए अम्लिय पन क्षारिय पदार्थ सामान्य भएका ले मेरो माटो मा हरियो मल र प्राङ्गारिक मल प्रयोग गर्नु पर्ने भएकाले तरकारी खेती का लागि उपयुक्त भएको उनले बताए ।

लुम्बिनी प्रदेश सरकारले किसानलाई माटो परीक्षण खेतीको अनिवार्य सुरुवात हो भन्ने सन्देश फैलाउने उद्देश्यले विभिन्न स्थानमा शिविर सञ्चालन गरिरहेको छ। अब माटो परिक्षण का लागि किसानहरुलाई चेतना अभिवृद्धि का लागि समेत काम गर्नु पर्ने देखिएको लुम्बिनी प्रदेशका कृषि तथा सहकारी पुर्व मन्त्री आरती पौडेल ले बताईन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर