कोहलपुरमा ख्रीष्टमस शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न, सभाहल निर्माणमा बजेट विनियोजन गर्ने नगर प्रमुख आचार्यको प्रतिबद्धता

कोहलपुर, पुष २,

बाँके ईसाई समाजको आयोजनामा ख्रीष्टियन धर्मावलम्बीहरूको महान पर्व ख्रीष्टमसको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

धार्मिक सहिष्णुता, आपसी सद्भाव र सामाजिक एकताको सन्देश बोकेको उक्त कार्यक्रममा जिल्लाभरिका ईसाई धर्मावलम्बीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । बाँके ईसाई समाजका अध्यक्ष पास्टर शेरबहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमल्सेना रहेका थिए ।मन्त्री तिमल्सेनाले नेपालको संविधानले सबै नागरिकलाई धर्म, संस्कृति र आस्थाको स्वतन्त्रता सुनिश्चित गरेको उल्लेख गर्दै सबैले आ–आफ्नो विश्वासअनुसार धर्मकर्म गर्न पाउने अधिकार सुनिश्चित भएको बताए । उनले ईसाई समाजले कोहलपुर लगायत समग्र नेपाली समाजलाई एकताबद्ध बनाउन योगदान पु¥याएको र आगामी विकास कार्यमा सहकार्य गर्दै भवन निर्माणका लागि बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले ख्रीष्टियन समुदायलाई कोहलपुर विकासको अभिन्न हिस्सा भएको भन्दै नगरपालिकाले उनीहरूसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । उनले आगामी दिनमा कोहलपुरमा सभाहल निर्माणका लागि बजेट विनियोजित गर्ने योजना रहेको पनि व्यक्त गरे । नगर प्रमुख आचार्यले ख्रीष्टियन धर्मले मानिसलाई अनुशासित, सभ्य र नैतिक बनाउँदै सुन्दर समाज निर्माणमा योगदान पु¥याउने उल्लेख गर्दै आगामी दिनमा समावेशी र एकीकृत सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे । कार्यक्रममा विशिष्ट अतिथि नेपाल ख्रीष्टियन समाज सुदूरपश्चिमका अध्यक्ष हिरालाल भाट, नेपाल ईसाई समाजका अध्यक्ष पास्टर लोकबहादुर चौधरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए । कार्यक्रमको सञ्चालन बाँके ईसाई समाजका सचिव रामबहादुर पुनले गरेको उक्त जानकारी कोहलपुर ईसाई समाजका उपाध्यक्ष नोखराज रावतले कार्यक्रमको क्रममा उपस्थित सबैलाई जानकारी दिएका थिए ।

समग्रमा, ख्रीष्टमस शुभकामना आदान–प्रदान कार्यक्रमले धार्मिक सद्भाव, सामाजिक एकता र सहकार्यको सन्देश प्रवाह गर्दै सफलतापूर्वक सम्पन्न भएको कोहलपुर ईसाई समाजका उपाध्यक्ष नोखराज रावतले जानकारी दिएका थिए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !