बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीलाई मध्यनजर गर्दै बाँकेमा विपद् पूर्वतयारी बैठक

कोहलपुर, असोज ८,

बंगालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणालीका कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै बाँकेमा विपद् पूर्वतयारी तथा समन्वय बैठक सम्पन्न भएको छ ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसम बुलेटिन तथा निरन्तरका मौसम अपडेट र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सतर्कता सम्बन्धी सूचनालाई आधार बनाउँदै जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला मनसुन कमाण्ड पोस्टमार्फत पूर्वतयारीका गतिविधि सञ्चालन गरिएको हो । २०८३ असोज ८ गते जिल्लाका सम्पूर्ण विषयगत निकाय तथा स्थानीय तहका विपद् सम्पर्क व्यक्ति, विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील संघसंस्था तथा निकायका प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागितामा पूर्वतयारी तथा समन्वय बैठक सम्पन्न भएको जनाइएको छ ।

बैठकमा सम्भावित बाढी, डुबान, कटान तथा पहिरोबाट हुनसक्ने जोखिम न्यूनीकरण, सुरक्षित आश्रयस्थलको व्यवस्थापन, आवश्यक सामग्री तथा स्रोत–साधन तयारी अवस्थामा राख्ने, उद्धार तथा राहत व्यवस्थापन र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गर्ने विषयमा छलफल भएको थियो ।

बैठकले जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने मौसम तथा विपद्सम्बन्धी पूर्वसूचना र ब्मखष्कयचथ को प्रभावकारी प्रचार–प्रसार तथा कार्यान्वयन गर्ने निर्णय गरेको छ । त्यस्तै, सबै स्थानीय तह तथा विषयगत कार्यालयले सम्भावित बाढी, डुबान, कटान र पहिरोको जोखिमयुक्त बस्तीको अवस्था विश्लेषण गरी सुरक्षित आश्रयस्थल व्यवस्थापन तथा खुला स्थानको समुचित प्रयोगका लागि आवश्यक उपकरण तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनका लागि क्विक रेस्पोन्स टिम ९त्तच्त्० तथा र्‍यापिड रेस्पोन्स टिम ९च्च्त्० तयारी अवस्थामा राख्ने निर्णयसमेत बैठकले गरेको छ । नेपाल रेडक्रस सोसाइटीलगायत विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील गैरसरकारी संघसंस्थालाई विपद् प्रतिकार्य, उद्धार तथा राहत व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी काम गर्न आग्रह गरिएको छ । बैठकले विद्युत्, खानेपानी, दूरसञ्चारलगायत अत्यावश्यक सेवा सुचारु राख्न सम्बन्धित निकायलाई जिम्मेवार भएर कार्यसम्पादन गर्न तथा मौसम र विपद्सम्बन्धी सूचना प्रवाहमा सञ्चारमाध्यमले सहयोग गर्ने निर्णयसमेत गरेको छ । बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङसहित विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, नगर प्रहरी, सरोकारवाला निकायको प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !