प्रकृति प्रेमी,
कोहलपुर चैत्र २६,
गजलमञ्च चितवनले आफ्नो स्थापनाको अवसरमा भव्य कार्यक्रम सम्पन्न गरेको छ ।
चितवन साहित्य परिषदको सभाहलमा भएको उक्त कार्यक्रममा चितवन एवम् नवलपरासीका स्रष्टाहरूले गजल सुनाएका थिए । गजलमञ्च चितवनका पूर्व अध्यक्षहरू किसान प्रेमी, धनराज गिरी, पुष्प अधिकारी अञ्जलि, गोर्खे साइँलो, रमेश प्रभात एवम् लेखराम सापकोटासमेतलाई मञ्चमा उपस्थिति गराईएको थियो । सञ्जीव पौडेल , लकाश पौडेल , बालकृष्ण थपलिया , विद्या भण्डारी चिराग, मेनका चापागाईं, हरिप्रिया रिजाल, विष्णु तिवारी उषा, रामलाल कुमाल, शिष्टता थपलिया , हिरा लामा, निर्दोष जीवन, उदय अधिकारी, आशिर्वाद सापकोटा , विदुर अधिकारी, जीवन युगीन, सुमन कडरिया, भानुप्रसाद उपाध्याय, शोभा खनाल, विकाश बराल , राजेन्द्र घायल, कृष्ण विश्वकर्मा लगायत ८५ जनाको उपस्थिति रहेको थियो ।
२० वटा मैनबत्ती बालेर सुरु भएको कार्यक्रमको सञ्चालक गजल मञ्च चितवनकी सचिब प्रमिला सानू एवम् पूर्व अध्यक्ष लेखराम सापकोटाले संयुक्त रुपमा सञ्चालन गरेका थिए । किसान प्रेमी, विष्णु तिवारी उषा, सुमन कडरिया, कृष्ण विश्वकर्मा सतीसाल, धनराज गिरी, विदुर अधिकारी लगायतले तरन्नुममा गजल गाउँदा विकाश वराल, लकाश पौडेल , सरला जोशी , रामलाल कुमाल,विद्या भण्डारी चिराग, मेनका चापागाईं, गङ्गा लामिछाने लगायत करिब तीन दर्जन गजलकारहरूले आफ्ना गजलमार्फत् स्रोता, दर्शकहरूको मन जितेका थिए ।
गजलमञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सरला जोशीले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।

