‘सेतो धरती’ नाटकको रूपमा मञ्चन हुँदै
- कोहलपुर २७, शुक्रबार प्रकृति प्रेमी अमर न्यौपानेलेद्वारा लिखित वि.सं. २०६८ सालको मदन पुरस्कार प्राप्त उपन्यास ‘सेतो धरती’ चैत २७ गते शुक्रबारदेखि २०८३ वैशाख १९ गतेसम्म मञ्चन हुँदैछ | कान्तिपुर थियटर गैह्रीधारा , नक्शालमा मञ्चन हुने नाटकलाई सुन्दर धितालले निर्देशन गरेका छन् भने निर्मात्री नायिका रेखा थापा रहेकी छिन् | कलाकारहरू वेनिशा हमाल, सुहाना आचार्य , उमेश सुनाम, सजन थापा, सुस्मित श्रेष्ठ , एड्रिन धमला , विना रोका , विनिता गिरी, अर्नव घिमिरे, सम्राज भुजेल लगायतका अभिनय हेर्न पाईनेछ |
- बुधबारबाहेक् हरेक दिन साँझ ५:१५ बजे र शनिबार, आईतबार तथा नव वर्षको दिन वैशाख १ गते दिउँसो १:१५ बजेसमेत दुईवटा शो हुने बताईएको छ |भर्खरै ‘सेतो धरती’ को अङ्ग्रेजी अनुवाद ‘A White World’ बजारमा आएको अवस्थामा पुस्तकका रूपमा पढेर लाखौं पाठकहरूको मन जितेको जानकारी दिँदै नाटकले समेत दर्शकहरूको मन जित्न सफल हुने विश्वासमा न्यौपाने रहेका छन् |फाइन प्रिन्टद्वारा हरेक दिन एक जना दर्शकलाई गोला प्रथाद्वारा एउटा ‘सेतो धरती’ उपन्यास उपलब्धसमेत गराईने छ |पहिलो आख्यान ‘पानीको घाम’ बाट पद्मश्री पुरस्कार प्राप्त गरेका न्यौपानेको ‘करोडौं कस्तुरी’ र ‘गुलाबी उमेर’ पनि प्रकाशित भएका छन् |
कस्तो महसुस भयो ?