कवि उप्रेतीको महाकाव्य ‘प्रज्ञा’ सार्वजनिक

कोहलपुर , चैत २९, प्रकृति प्रेमी

कवि अनुपराज उप्रेतीको महाकाव्य ‘प्रज्ञा’ विमोचन भएको छ|चैत २८ गते शनिबार युनीग्लोव कलेज, कमलादीमा  छन्दका पर्याय, छन्द नायक रमेश खकुरेल तथा  प्रमुख अतिथि तथा प्रा.डा. देवी नेपालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो| आस्लुन नामक संस्थाले आयोजना गरेको उक्त कार्यक्रम रविना कँडेलले सञ्चालन गरेकी थिईन्| कार्यक्रममा बोल्दै प्रा.डा. नेपालले नेपाली साहित्यमा सबैभन्दा कान्छा महाकाव्यकारको महाकाव्य भनेर प्रशंसा गरेका थिए|

कुल ९ सर्ग र ७४४ श्लोकमा विरचित, विस्तारित  ‘प्रज्ञा’ भित्र मूलतः अनुष्टुप छन्दको बाहुल्यता रहेपनि उपजाति, शार्दुलविक्रीडित, उपजाति, प्रामाणिक, भुजङ्जप्रयात, एवम् शिखरिणी छन्दको प्रयोग गरिएको पाईन्छ|

कक्षा नौ मा रहेको कविता ‘मेघ बिजुली विवाह’ पढेर साहित्यप्रति झुकाव राखेका अनुपले वि.सं. २०८२ मा अनलाइन मार्फत् छन्द कविता सङ्ग्रह  ‘सपना सौन्दर्य’  सौन्दर्य प्रकाशित गरिसकेका छन् ! कार्यक्रममा आफ्ना पिता एवम् दिदीसहित डा. रमेश शुभेच्छु, डा. जीवन श्रेष्ठ , सिकारु राम, एकेन गोतामे, शान्ति सापकोटा , विभुति अधिकारी, सुशील आचार्य, आत्माराम न्यौपाने, कल्पना काफ्ले लगायत चार दर्जन बढी स्रष्टा एवम् शुभेच्छुकहरूको उपस्थिति रहेको थियो !

    अनुप युनिग्लोव कलेज, कमलादीमा विज्ञान विषय लिएर अध्ययन गरिरहेका र अहिले कक्षा बाह्रको परिक्षा दिने तयारीमा छन् | पछिल्लो समय गजल र गद्य कविता लेखनमा युवाहरूको रुचि बढ्दै जाँदा छन्द कविता लेखनमा किन अग्रसर हुनुभएको भन्ने प्रश्नको जवाफमा उनी भन्छन् ,”मलाई छन्दमा कविता लेख्दा सहज हुने र आनन्द आउने तथा प्रकृतिसँग साक्षात्कर भएको अनुभुति महशुस हुन्छ|”

 

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !