कोहलपुर वैशाख १२, प्रकृति प्रेमी, साहित्य सङ्गम चितवनद्वारा आयोजित एक कार्यक्रममा तीन स्रष्टा सम्मानित भएका छन् | प्रगतिवादी विचारधारा बोकेकी , २०२२ सालमा मदन पुरस्कार प्राप्त गर्न सफल उपन्यास ‘शिरीषको फूल’ कि उपन्यासकार मदन पारिजातको ३३ औँ स्मृति दिवसका अवसरमा भएको कार्यक्रमको अध्यक्षता सङ्गमका अध्यक्ष शशीकिरण रेग्मीले गरेका थिए |
सङ्गमका पूर्व अध्यक्ष प्रकाश चापागाईंले स्वागत मन्तव्य दिएका थिए भने वरिष्ठ अनुसन्धाता डि.आर. पोखरेलले पारिजातको व्यक्तित्व, र कृतित्वका बारेमा जानकारी दिएका थिए|साथै पारिजात गरिबको पक्षमा , विपन्नताको पक्षमा वकालत गर्ने, विद्रोही स्वभावकी, देशभक्ति र स्वाभिमानी पारिजातबाट सिक्नुपर्ने धेरै कुरा रहेको बताए |
सञ्जीव पौडेलले सम्मानित भएका तीन स्रष्टाहरूको बारेमा संछिप्त टिप्पणी गरेका थिए | प्राज्ञ रामहरि श्रेष्ठले पुरस्कार र स्थापनाका उदेश्यहरूमाथि प्रकाश पारे |
कार्यक्रममा पाल्पाका आर.बी. निश्चललाई डा. धनेश्वर भट्टराई(सपरिवार)ले स्थापना गरेको ‘नेत्रमाया-मुक्तिनाथ भट्टराई स्मृति राष्ट्रिय पुरस्कार -२०८२’ , झापाकी भवानी क्षेत्रीलाई रामहरि श्रेष्ठ (सपरिवार)ले स्थापना गरेको ‘खड्गनारायण-गणेशलक्ष्मी श्रेष्ठ स्मृति राष्ट्रिय नारी प्रतिभा पुरस्कार -२०८२’ र चितवनका खनाल रेवतीरमणलाई प्रकाश चापागाईं(सपरिवार)ले स्थापना गरेको ‘गजाधर-डिकुरादेवी चेतकान्त चापागाईं स्मृति राष्ट्रिय पुरस्कार-२०८२’ द्वारा सम्मानित पुरस्कृत भए | दोसल्ला , प्रमाणपत्र र नगद १८ हजार राशिद्वारा सम्मानित स्रष्टाहरूले आफ्ना एक-एक वटा कविता पनि सुनाएका थिए भने वरिष्ठ साहित्यकार कुन्ता शर्माको कविताले वाहवाही पाएको थियो |
कार्यक्रममा प्रा.डा. नारायणप्रसाद खनाल, प्रा.डा. कर्ण बानियाँ, ईन्द्र रेग्मी , उदय अधिकारी , रमेश प्रभात, राजेन्द्र घायल, विष्णु तिवारी ‘उषा’, शिवराज लामिछाने , शूर्यप्रकाश जमरकट्टेल, डा.एकनारायण पौड्याल , डा. केशव चालिसे, बालकृष्ण थपलिया, अमृता रामदाम,कृष्ण शर्मा’करुणा’ शूर्यमणि रेग्मी , किसान प्रेमी, हरिप्रिया रिजाल, लगायतको उपस्थिति रहेको थियो |कार्यक्रम सङ्गमका सचिव लीलाधर पौडेलले सञ्चालन गरेका थिए |

