जटिल प्रसूति समस्या भएकी महिलाको नेपाली सेनाद्वारा हवाई उद्धार

कोहलपुर, असार १०,

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनाको गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार कार्यक्रम अन्तर्गत कालीकोटकी एक महिलाको उद्धार गरिएको छ।

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–३ निवासी एक महिलामा जटिल प्रसूति समस्या देखिएपछि असार ९ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत पुर्‍याइएको हो । दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्धार गरिँदै आएको छ ।

सम्बन्धित निकायको समन्वयमा गरिएको उद्धारले महिलाको ज्यान बचाउन महत्वपूर्ण सहयोग पुगेको बताइएको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !