कोहलपुर सिटी एकेडमी बाँकेमा सरस्वती पूजनोत्सव, अक्षरारम्भ, प्रसाद ग्रहण तथा नयाँ भर्ना कार्यक्रम भव्य रूपमा सम्पन्न

बाँके, माघ ९,

कोहलपुर सिटी एकेडमी, बाँकेमा विद्या र वाणीकी देवी सरस्वतीको पूजा-आराधना सहित सरस्वती पूजनोत्सव, अक्षरारम्भ, प्रसाद ग्रहण तथा नयाँ भर्ना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत नानीबालिकाहरूको विधिवत् अक्षरारम्भ गरिनुका साथै अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । विद्यालयका संस्थापक प्रिन्सिपल प्रशान्त रिजालसहितको विद्यालयको टिमले सरस्वती पूजाको अवसरमा विद्यार्थीहरूको शैक्षिक प्रगति, अनुशासन र उज्ज्वल भविष्यको कामना गर्दै विशेष पूजा–अर्चना गरिएका थिए । कार्यक्रमसँगै नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान पनि औपचारिक रूपमा सुरु गरिएको विद्यालयले जनाएको छ । विद्यालय प्रशासनले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र समग्र व्यक्तित्व विकासमा जोड दिँदै अभिभावकहरूलाई आफ्ना बालबालिकाको उज्ज्वल भविष्यका लागि कोहलपुर सिटी एकेडमी रोज्न आग्रह गरेको छ ।

पूजनोत्सवको अवसरमा आयोजित भव्य सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, तथा विविध सांस्कृतिक प्रस्तुति मार्फत आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । बालबालिकाका आकर्षक प्रस्तुतिले कार्यक्रममा उपस्थित सबैको मन जितेको थियो । कार्यक्रमका अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो । विद्यालय प्रशासनले आगामी दिनमा पनि यस्ता शैक्षिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !