कोहलपुरमा न्यूनतम शुल्कमा डिजिटल एक्स–रे सेवा सुरु

कोहलपुर, चैत्र २४,

कोहलपुर नगर अस्पतालले आजदेखि न्यूनतम शुल्कमा डिजिटल एक्स–रे सेवा सुरु गरेको छ।

स्वास्थ्य सेवालाई थप सहज, छिटो र पहुँचयोग्य बनाउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार डिजिटल एक्स–रे सेवाले बिरामीलाई छिटो र स्पष्ट रिपोर्ट उपलब्ध गराउनेछ भने खर्च पनि न्यूनतम राखिएको छ, जसबाट सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय तहमा नै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्यअनुसार यो सेवा सुरु गरिएको बताउँदै अस्पताल प्रशासनले सम्पूर्ण नगरबासीलाई आवश्यक परेमा अस्पतालमा गई सेवा लिन अनुरोध गरेको छ।

यस सेवाबाट विशेषगरी आर्थिक अवस्था कमजोर भएका नागरिकहरू लाभान्वित हुने विश्वास गरिएको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !