मगर सांस्कृतिक मेलाको छैटौं दिन विविध सांगीतिक प्रस्तुति : गायक वलीले तताए स्टेज

कोहलपुर, फागुन ५,

मगर समुदायको मौलिक भेषभूषा, परम्परागत खानपान, सांस्कृतिक झाँकी तथा नयाँ वर्ष २०८३ को अवसरमा सञ्चालन भइरहेको शुभकामना आदान–प्रदान मेलाको छैटौं दिन विभिन्न कलाकारहरूको प्रस्तुति सहित उत्साहजनक रूपमा सम्पन्न भएको छ।

छैटौं दिन मञ्चमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आफ्नो कला प्रस्तुत गरेका थिए । गीत–संगीत र नृत्यले भरिएको कार्यक्रममा उपस्थित दर्शकहरु कार्यक्रमसँगै रमाइरहेका देखिन्थे। विशेष गरी कुल बहादुर वलीको प्रस्तुति दर्शकहरूका लागि आकर्षणको केन्द्र बनेको थियो । उनका गीत तथा प्रस्तुतीले दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्दै कार्यक्रमलाई अझ रोचक बनाएको थियो ।

कार्यक्रममा उद्घोषक आर जे रास्कोटी मगरले आफ्नो सशक्त आवाज, स्पष्ट अभिव्यक्ति र दर्शकसँग सहज रूपमा घुलमिल हुने शैलीमार्फत कार्यक्रमलाई जीवन्त बनाएका थिए । उनले बीच–बीचमा दर्शकलाई हँसाउने, उत्साहित बनाउने र कार्यक्रमको प्रवाहलाई सन्तुलित राख्ने कला प्रस्तुत गर्दै मेला भरि ऊर्जा थपेका थिए । उनको प्रस्तुति केवल उद्घोषणमा सीमित नभई दर्शकसँगको अन्तरक्रिया, कलाकारहरूको परिचय र कार्यक्रमलाई रोचक बनाउने शैलीका कारण विशेष रूपमा प्रशंसनीय बनेको थियो । यस्तै उद्घोषक विनोद परियारसँगको समन्वयमा उनले कार्यक्रमलाई अझ व्यवस्थित र आकर्षक बनाएका थिए ।

आयोजकका अनुसार भोली मेलाको अन्तिम दिन विभिन्न चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। साथै चर्चित गायिका सुमि रोक्का को पनि प्रस्तुति रहने कार्यक्रम तय गरिएको छ, जसले मेलाको समापनलाई थप भव्य बनाउने अपेक्षा गरिएको छ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर

जनप्रतिनिधि र क्रियाशील पत्रकार महिला बिच भएको खेलमा पत्रकार विजयी, जितका लागि बिधुत्मा रैकाको उत्कृष्ठ गोल

मगर सांस्कृतिक मेलास् चौथो दिनमा नायक पल शाहको धमाकेदार प्रस्तुति, दर्शक उत्साहित

मगर सांस्कृतिक मेलाः तेस्रो दिनमा गोपाल नेपाल जि.एम र जानकी तारामी मगरको प्रस्तुति, भोली नायक पल शाह आउँदै

नेपाल मगर सघं बाँकेद्वारा सञ्चालित सांस्कृतिक मेलाको दास्रो दिन भव्यताका साथ सम्पन्न, तेस्रो दिन गोपाल नेपाल जि.एम आउँदै

मगर पहिचान झल्काउँदै बाँकेमा प्रथम सांस्कृतिक महोत्सव, राष्ट्रिय कलाकारहरूको धमाका

खैरहनी नगर वाङ्मय परिषद् बाट कृति विमोचन तथा रचना वाचन सम्पन्न