कोहलपुर गोल्डकपः उद्घाटनमा रेसिङ साहाराको जित, आज नाइजेरिया–कर्णाली भिडन्त

कोहलपुर, बैशाख २०,

बाँकेको कोहलपुरमा चौथो संस्करणको æकोहलपुर गोल्डकपÆ फुटबल प्रतियोगितामा आईतबार दोस्रो खेल जस्ट जोन एफसी -नाइजेरिया) र रोयल फुटबल क्लब -कर्णाली) बीच प्रतिस्पर्धा हुने भएको छ ।

उक्त खेल दिउँसो ४ बजे सुरु हुने आयोजकले जनाएको छ । शनिबारदेखि औपचारिक रूपमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रेसिङ साहारा क्लबले पञ्चकोशी युवा क्लबमाथि २–१ गोलको जित निकाल्दै सुखद सुरुवात गरेको छ । खेलको २४औँ मिनेटमा रेसिङ साहाराका डिफेन्डर पेपेले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफको अन्त्यतिर, ४४औँ मिनेटमा फागुराम चौधरीले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २–० को बलियो अग्रता बनाएको रेसिङ साहाराले खेलभर दबाब कायम राखेको देखियो । पञ्चकोशी युवा क्लबले पनि खेलभर केही अवसरहरू सिर्जना गरे तापनि गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा भने टोलीले आक्रामक खेल प्रस्तुत गर्दै दबाब बढायो । खेलको ८८औँ मिनेटमा विदेशी खेलाडी कुशाग्र उप्रेतीले एक गोल फर्काए पनि त्यो केवल सान्त्वनामा सीमित रह्यो । उत्कृष्ट प्रदर्शनका लागि रेसिङ साहाराका पेपे …म्यान अफ द म्याचÚ घोषित भए। उनले ट्रफीसहित नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

वैशाख १९ देखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले ८ लाख रुपैयाँ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फाइनलमा पुग्ने दुई टोलीलाई बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गराइने कार्यक्रम राखिएको छ । साथै स्थानीय होमस्टेमा बसोबास र मौलिक खानपानको अनुभवसमेत प्रदान गरिने योजना छ । कोहलपुर नगरपालिका–२ स्थित खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन नगर प्रमुख पूर्ण प्रसाद आचार्यले गरेका थिए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !