कोहलपुर, कात्तिक १९,
बाँकेको कोहलपुर नगरपालिका–११ गोलपार्कमा आरआर होम डेकोर एण्ड हुक्का सप सञ्चालनमा आएको छ ।

घर सजावटका सामग्री, बालबालिकाका खेलौना, विभिन्न उपहार सामग्री तथा हुक्कासम्बन्धी सामान उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालनमा ल्याइएको हो । २०८३ साल कात्तिक १७ गते आयोजित एक कार्यक्रमका बीच पसलको उद्घाटन पूर्णबहादुर बिकले गरेका हुन् । पसलका सञ्चालक रतनबहादुर बिक र सिर्जना बिक रहेका छन् । पसलमा घर तथा कोठा सजावटका विभिन्न आकर्षक सामग्री, बालबालिकाका खेलौना, विभिन्न अवसरमा प्रदान गरिने उपहार सामग्री, हुक्का, हुक्काका विभिन्न फ्लेवर, कोइला तथा पाइपलगायतका सामग्री उपलब्ध हुने सञ्चालकले जनाएका छन् ।
पसलका सञ्चालक रतनबहादुर बिक र सिर्जना बिकका अनुसार ग्राहकको आवश्यकता र रोजाइलाई ध्यानमा राख्दै एउटै स्थानबाट घर सजावटदेखि उपहार तथा हुक्कासम्बन्धी सामग्री उपलब्ध गराउने उद्देश्यले व्यवसाय सुरु गरिएको हो । सञ्चालकले स्थानीय ग्राहकलाई गुणस्तरीय, आकर्षक तथा रोजाइअनुसारका सामग्री सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको बताए। साथै, ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राखेर व्यवसायलाई अगाडि बढाउने उनीहरूको भनाइ छ ।
कोहलपुर–११ गोलपार्कमा रहेको उक्त पसलमा पुगेर ग्राहकले आफूलाई आवश्यक सामग्री खरिद गर्न सक्नेछन् ।

