बाह्रखरी कथा प्रतियोगिता २०८१ का विजेता कथाकार पादुकालाई सम्मान

कोहलपुर, मंसिर १९,

बाह्रखरी कथा प्रतियोगिता २०८१ मा प्रथम भएको सुखद अवसरमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले सम्मान कार्यक्रमको आयोजना गर्दै बधाई ज्ञापन गरेको हो । कोहलपुरको गौरव बढाउन सफल भएको भन्दै प्रतिष्ठानले भव्य कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको हो । यस वर्षको डिसहोम बाह्रखरी कथा प्रतियोगितामा प्रथम पुरस्कार (रु १०००००) जित्न सफल कथाकार पादुकालाई पुष्पगुच्छासहित प्रमाण पत्र प्रदान गरिएको छ ।

डिसहोम र बाह्रखरीको आयोजनामा भएको कथा प्रतियोगितामा देश विदेशका ९३६ बढी कथाकारलाई पछि पार्दै कोहपुरका कथाकार पादुकाको ‘माग्युद खोना’ कथाले वर्ष ०८१ को प्रथम स्थान प्राप्त गर्न सफल भएको हो । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष पुष्कर रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ महानन्द ढकाल प्रमुख अतिथी रहेका थिए । प्रमुख अतिथी ढकालले बाँकेलाई राष्ट्रिय स्तरमा चिनाउने स्रष्टाहरू कोहलपुरले पाउनु गर्वको विषय रहेको बताएका छन् ।

कार्यक्रममा बाह्रखरी कथा प्रतियोगिता २०८१ मा प्रथम कथा ‘माग्युद खोना’ को वाचन संचारकर्मी कल्पना कार्कीले गरेकी थिईन् । कथामा डोल्पा जिल्लाको भौगोलिक अवस्था, बा नभएका एकल आमाले हुर्काएका सन्तानका बारेमा चित्रण गरिएको छ । एकल आमाले हुर्काएका बच्चाहरुले भोग्नु परेका समस्या, चुनौती, अफ्ठेराहरु, तथा पञ्जीकरण सम्बन्धिका समस्या, नागरिकता लिनुका समस्या र विद्यालय भर्ना हुनुपर्दाका चुनौती र समाधान गर्नका लागि गरिएको कठोर सम्झौताकाबारेमा कथा लेखिएको छ ।

कार्यक्रमको समापन गर्दै कथाकार पादुकाले आफूले सधैं साहित्य सिर्जना गरिरहने तथा पत्रपत्रिकामा छापिरहने बताएका छन् । साहित्य मार्फत समाजमा समस्या तथा चुनौतिहरुलाई बाहिर ल्याईरहेको बताएका थिए । कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका अध्यक्ष रिजालले पादुका अध्यनशिल तथा मेहनती साहित्यकारका रुपमा आफूले चिनेका बताएका छन् । उनले आगामी साहित्यिक यात्रा पनि सफल रहने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा यस क्षेत्रका साहित्य प्रेमी, संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन प्रतिष्ठानका सचिब केशव निमेषले गरेका थिए ।

 

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

सम्बन्धित खवर

‘यूवा, संचार माध्यम तथा सरकार’ विषयक अन्तरक्रियात्मक गोष्ठि कोहलपुरमा सुरु

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश