कोहलपुरमा पुष ९ गतेदेखि १७ गतेसम्म महोत्सव सञ्चालन हुने

कोहलपुर, मंसिर २०,

नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेले ऐतिहासिक प्रथम कृषि, पर्यटन, प्रवर्धन, व्यापारिक, संरक्षण तथा साँस्कृतिक महोत्सव (एस्पो २०८१) गर्न लागेको बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी गराईएको हो । संस्थाले आदिवासी जनजातिहरुको सयूक्त संग्राहालय निर्माण गर्ने, बौद्ध गुम्बालाई थप व्यवस्थापन गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको उपस्थितीबाट महोत्सवलाई मनोरञ्जन गराई सफल गराउने लगायतका विभिन्न लक्ष्य राख्दै महोत्सव आयोजना हुन लागेको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल आदीबासी जनजाति महासंघ कोहलपुर नगरका अध्यक्ष कृष्ण बहादुर पुनले पहिलो पटक महोत्सव सञ्चालन गर्न लागेको हुँदा भव्य सभ्य रुपमा सञ्चालन गर्न आग्रह गरेका छन् । जातिय भाषा कक्षा सञ्चालन र असाहय बृद्धाबृद्धा बालबालिकाहरुलाई सहयोग गर्ने, अत्याधुनिक सिसि क्यामरा जडान गर्ने, २५० वटा व्यापारिक स्टलको व्यवस्था गर्ने, झाकी ¥याली, खानपिन परिकार, भेषभूषा संस्कृति प्रर्दशनीका लागि फरक फरक ४ वटा स्टलहरु रहने व्यवस्था गरिने र हात्ती र उँटको प्रदर्शनी गराउने रहेको अध्यक्ष पुनले जानकारी गराएका थिए ।

स्कुल कलेज स्तरीय सामुदायिक र संस्थागत विद्यालयहरुको नृत्य प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, द्धितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १५ हजार रहेको अध्यक्ष पुनले जानकारी दिए । अध्यक्ष पुनले ५ करोडको अनुमानित लक्ष्य रहेको बताएका छन् । यस्तै ६४ जना स्थानिय तथा राष्ट्रिय कलाकारहरुले प्रस्तुती राख्ने छन् भने जसमा अन्तराष्ट्रिय रसियन कलाकारहरुको समेत प्रस्तुती रहने कलाकार व्यवस्थापन समिति संयोजक प्रेम बहादुर गुरुङ्गले जानकारी दिए ।

यस्तै झाकी तथा ¥यालीमा सहभागी समुहलाई पनि प्रथमलाई १५ हजार, द्धितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार उपलब्ध गराउने गुरुङले जानकारी दिए । ४५ दिनभित्र आयव्यय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने बताए । नेपाल आदीबासी जनजाति महासंघ कोहलपुर नगरका अध्यक्ष पुनको अध्यक्षतामा भएको सम्मेलनमा जिल्ला अध्यक्ष मंगल थारु प्रमुख अतिथी रहेका थिए । उनले आदीवासी जनजातिहरुको पहिचान जगेर्नाका लागि महोत्सवले मुख्य भुमिका खेल्ने बताएका छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश

स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि युनाईटेड भिजन क्रिकेट क्लबलाई