पार्टीको केन्द्रिय निर्देशन अनुसार (रास्वपा) बाँकेको जिल्ला भेला सम्पन्न

कोहलपुर, मंसिर २२,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको जिल्ला भेला सम्पन्न भएको छ ।

भेलाले खाली रहेका पदमा सदस्यहरु मनोनयन गरेको छ । रास्वपामा खाली रहेका पदहरु सचिब, सह–सचिब र सदस्यहरु निर्बाचन प्रकृयामार्फत सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । सचिब राजेन्द्र कुमार श्रेष्ठ, सह–सचिब बिनोद अग्रहरीका साथै अन्य ५ पाँच जना सदस्यहरु निर्वाचित भएका हुन् ।

हरी पाल सिंह केसीको सभापतित्वमा भएको जिल्ला भेलामा सभापति तथा उपसभापति रुद्रमणी ढकाल यथावत रहेका छन् । सदस्यहरुमा राम बहादुर विष्ट, ईश्वरी लामिछाने, शिव कुमार थारु, कृष्ण बहादुर खत्री लगायतका निर्वाचित भएका हुन् । रास्वपाले शनिबार कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पाँच जिल्लामा भेला आयोजना गरेको थियो । रास्वपाले पार्टीको संगठन निर्माणका लागि जिल्ला भेला आयोजना गरेको हो ।

शनिबार बाँके, सल्यान, नवलपुर, नुवाकोट र भक्तपुरमा जिल्ला भेला सम्पन्न भएका छन् । भेलाले पार्टीको संशोधित विधानको साङ्गठनिक संरचनाअनुसार जिल्ला समिति गठन, संगठन निर्माण, यसअघि जिल्ला समिति संरचना रहेको जिल्लामा रिक्त पदहरूको पदपूर्ति गरेको छ ।
रास्वपाले यसअघि देशभरका २३ जिल्लामा जिल्ला भेला सम्पन्न गरिसकेको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश

स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि युनाईटेड भिजन क्रिकेट क्लबलाई