राजनीतिक क्रान्तिका कार्यभार पुरा भएपनि आर्थिक र सामाजिक कार्यहरु पुरा हुन सकेका छैनन्– प्रतिनिधि सभा सदस्य ढकाल

कोहलपुर, माघ ९,

प्रतिनिधि सभा सदस्य सुर्य ढकालले समग्र बाँके जिल्लामा भईरहेका विकास निर्माणका योजनाहरुको बारेमा जानकारी गराएका छन् ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै बाँकेमा भईरहेका विकास निर्माणका योजनाको बारेमा जानकारी दिएका हुन् । प्रेस चौतारी कोहलपुर नगर समितिको आयोजनामा भएको पत्रकार सम्मेलनमा ढकालले यहाँका विकासका योजना तथा अब हुने योजनाहरु के कस्ता छन् भन्ने विषयमा जानकारी दिएका हुन् । उनले सात दशक लामो सङ्घर्षको परिणामस्वरूप राजनीतिक व्यवस्था फेरियो तर, जनताको आर्थिक, सामाजिक अवस्थामा तुलनात्मक सुधार भएपनि गुणात्मक परिवर्तन हुन भने नसकेको बताए । उनले भन,–‘राजनीतिक क्रान्तिका कार्यभार पुरा भएका छन् आर्थिक र सामाजिक कार्यहरु पुरा हुन सकिरहेका छैनन् ।’

ढकालले बाँके क्षेत्र नम्बर १ को समग्र विकासको लागि अगाडि सारिएका योजनाहरु राप्ती नदीको तटबन्धन, नरैनापुरदेखि अगैयासम्म जोड्ने सडक, मध्यवती क्षेत्रको तारवार, नरैनापुरमा खरका छाना हटाई टिनका छानामा रुपान्तरण, सिधनिया घाटदेखि नर्सरीसम्मको सडक तथा पुल निर्माण, वैजापुर औद्योगिक ग्रामको स्थापना, कोहलपुर चप्परगौढी खड्कवार हुँदै घुईयाबारी सल्यानसम्म जोडने अन्तरप्रादेशिक पर्यटकीय सडक, कोहलपुर क्रिकेट मैदान, कोहलपुर रिङ्गरोड, कोहलपुर बाल अस्पताल, कोहलपुर जैविकपार्क, कोहलपुर सिटीहल, राप्ती सोनारी वार्ड नं १ राप्ती नदीमा पुल निर्माणका योजनाहरु बाँकेमा संचालन गर्ने तयारी रहेको बताए । उनले चुकेनाला र भक्तेखोलाको तटबन्धन, माथेबास र महादेवामा पक्की पुल, अगैया कचनापुर हुँदै कम्दी जोड्ने सडक, शुद्ध खानेपानीको उचित प्रबन्ध, राष्ट्रिय गौरवको योजना सिक्टा, र सबै टोल र बस्तीहरूमा सहज विद्युत उपलब्ध, खहरे खोलाहरूको तटबन्धन, सडक, पुल, तटबन्धन, सिँचाइ, शिक्षा स्वास्थ्य आदि समग्र विकासको निम्ति सामूहिक रुपमा प्रयास जारी उल्लेख गरे ।

पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिदै ढकालले राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थिरता, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिका मुख्य उद्देश्य राखेर यतिबेला नेकपा एमाले को नेतृत्वमा केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेस बीच भएको ७ बुँदे सहमतिका आधारमा नयाँ सरकार गठन भई सरकार अगाडि बढिरहेको बताए । यही १८ गतेबाट हिउँदे अधिवेशन सुरु हुन गइरहेको छ । यो हिउँदे अधिवेशनमा माथिका योजनाहरूमा थप बजेटको व्यवस्थापन गर्ने मध्यवर्ती क्षेत्रमा बसोबास गरेका जनताका पीडाहरु सदनमा उठाउने र विकासको साझा मोडालिटी बनाउन सडक र सदनमा निम्न मुख्य एजेण्डाहरु प्रभावकारी ढंगले उठान गर्ने बताएका छन् । कार्यक्रमको अध्यक्षता प्रेस चौतारी कोहलपुर नगरसमितिका अध्यक्ष प्रमोद रिजालले गरेका थिए भने कायेक्रम संचालन नगर सचिव रवि रोकायले गरेका थिए ।

१। सडक निर्माण गर्नुभन्दा अगाडि खानेपानी, ढल निकास, विद्युतको तार, टेलिकमको तारको सुनिश्चितता गरेर मात्र सडक कालोपत्र गर्नुपर्ने एकपटक कालोपत्र गरिसकेपछि तीन वर्षसम्म उक्त सडक खमुख नपाइने नियम बनाउन दबाब दिने ।

२। मध्यवर्ती क्षेत्रमा बसोबास गरेका जनताका अप्ठ्यारालाई मध्यनजर गर्दै सडक खानेपानी विद्युत ढल निकास विद्यालय भवनको निर्माण र पुराना घर भत्काएर नयाँ घर बनाउने कुरामा कुराको व्यवस्थापनको विषयलाई उठाउने ।

३। जङ्गलमा सुकेका र वन कार्यालय र भन्सार कार्यालयमा रहेका साधन र गाडीको व्यवस्थापन गर्ने नीति बनाउने बिषयमा जोड दिने ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

सम्बन्धित खवर

‘यूवा, संचार माध्यम तथा सरकार’ विषयक अन्तरक्रियात्मक गोष्ठि कोहलपुरमा सुरु

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश