कोहलपुरमा बाक्लो हुस्सु तथा शितलहर : जनजीवन प्रभावित–शनिबारदेखि सुधार हुन सक्ने सम्भावना

कोहलपुर, माघ १०,

बाँके लगायत विभिन्न तराईका जिल्लाहरुमा हुस्सु कुहिरो लाग्दै आएको छ ।

गएको पुष महिनादेखि केही बाहेक प्राय दिनमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । पश्चिम र मध्य तराईका केही भू–भागमा बिहानैदेखि कुहिरो÷हुस्सुका साथै शीतलहर चल्दै आएको छ । शुक्रबारसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । शनिबारदेखि भने विस्तारै कम हुने अनुमान महाशाखाको रहेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख राम प्रसाद अवस्थीले बताएका छन् ।

बाँके लगायत तराई क्षेत्रमा लुम्बिनी प्रदेशका अधिकांशमा जिल्लामा बाक्लो हुस्सु लाग्दै आएको छ । अवस्थीले भने,–‘वायुमण्डलमा पारदर्शिता पनि एकदमै कम छ । पछिल्लो समय ५० मिटरसम्म पनि भिजिविलिटी घटेको अवस्था छ । दिउँसोतिर पनि १५०० मिटर भन्दा बढ्न नसकेको अवस्था छ ।’

शनिबारदेखि मुख्य तया न्यूनतम तापक्रम घट्ने तथा मेक्सिमम टेम्प्रेचर बढ्दै जान सक्ने सम्भावना रहेको अवस्थीले बताए । तराईमा बाक्लो हुस्सु लागिरहदा पहाडी क्षेत्रहरूमा पनि सामान्य मौसम बदलिएको अवस्था रहेको उनले बताए । उनका अनुसार बिहानी पख हुस्सु लाग्ने दिउँसोदेखि क्रमिक रुपमा सुधार हुने अवस्था रहेको छ ।

शितलहर र हुस्सुका कारण अत्याधिक चिसो बढेको छ । अत्याधिक चिसोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । शितलहर र हुस्सुले गर्दा चिसो धेरै बढेपछि दैनिक कामकाज गर्नसमेत समस्या पर्दै आईरहेको छ भने जनजीवन अस्तव्यस्त बनेको छ । चिसो, हुस्सु तथा शितलहरका कारण सवारीसाधन र मानिसको आवागमन, बालबालिकाहरुको पठनपाठन र वृद्धवृद्धाहरुमा समस्या देखिएको छ । चिसोबाट मजदुरहरुको दैनिक कामसमेत प्रभावित हुँदै आएको छ ।

शितलहर, कुहिरो र भिजीविलिटी कम भएका कारण तीन दिनयता बिहान र बेलुका नेपालगन्जबाट हुने अधिकांश हवाई उडान प्रभावित हुँदै आएका छन् । तराई क्षेत्रमा बाक्लो हुस्सु लागेकोले सडक र हवाई यातायात गर्दा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले अपिलसमेत गरेको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

सम्बन्धित खवर

‘यूवा, संचार माध्यम तथा सरकार’ विषयक अन्तरक्रियात्मक गोष्ठि कोहलपुरमा सुरु

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश