प्याब्सन रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८१ सुरु

कोहलपुर, माघ ११,

कोहलपुरमा आयोजित दोस्रो नगरस्तरीय प्याब्सन रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८१ को उद्घाटन समारोह ११ माघदेखि सुरु भएको छ ।

माघ ११ गते देखि माघ १३ गतेसम्म चल्ने यस प्रतियोगितामा नगरका २८ विद्यालय र बैजनाथका ६ बिद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको हो । रमेश के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सूर्य ढकाल प्रमुख अतिथी रहेका थिए । ढकालसहितका अतिथीहरुले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि ढकालले खेलकुदको महत्व र यसले विद्यार्थीहरूको समग्र विकासमा पुर्याउने योगदानको बारेमा आफ्नो विचार राखे उनले खेलकुदलाई शिक्षा र शारीरिक स्वास्थ्यको अभिन्न अंशको रूपमा हेर्नुपर्ने आवश्यकता रहेको बताए । विशिष्ट अतिथि कोहलपुर नगरपालिका उपमेयर संगीता सुबेदिले आफ्ना भनाइ राख्दै कोहलपुर नगरपालिका क्षेत्रका विद्यालयहरूले खेलकुदको क्षेत्रमा गरेको योगदानको प्रशंसा गरिन् । उनले खेलकुद प्रतियोगितामा सहभागी विद्यार्थीहरूको मनोबल र उत्साहको सराहना गर्दै प्रतियोगिता उत्कृष्टता हासिल गर्ने अवसरको रूपमा अघि बढ्नुपर्ने बताइन् ।

यस प्रतियोगितामा २८ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ, जसमा १८ वटा विद्यालय मावि (माध्यमिक विद्यालय) तहका र १० वटा विद्यालय आधारभूत तहका छन् । प्रतियोगितामा समावेश गर्नका लागि बैजनाथ गाउँपालिकाका ६ विद्यालयलाई पनि निमन्त्रणा गरि समाबेश गरिएको छ । यी सबै विद्यालयका विद्यार्थीहरूले विभिन्न खेलकुद प्रतिस्पर्धामा भाग लिने छन्। यस प्रकारको सहभागिता प्रतियोगिताको स्तरलाई अझ बढाउँछ र यसले विद्यार्थीहरूको रुचि र समर्पणलाई प्रोत्साहित गर्दछ ।

प्रतियोगितामा भाग लिने कुल विद्यार्थीहरूको संख्या १८५६ जना रहेको छ, जसले विभिन्न खेलकुद प्रतिस्पर्धामा आफ्नो कौशल देखाउने अवसर पाउने छन् । समावेश खेलकुद प्रतिस्पर्धाहरूमा ३०० मिटर रनिङ, छात्रा र छात्र भलिबल, एथलेटिक्सका १०० मिटर दौड, छात्रा र छात्र १००×४ रिले दौड, र छात्रा र छात्र २०० मिटर दौड जस्ता रोमाञ्चक खेलहरू छन् । यी प्रतिस्पर्धाहरूले विद्यार्थीहरूको शारीरिक क्षमता, मानसिक सोच र टोली कार्यमा सुधार गर्ने अवसर प्रदान गर्नेछन् । यस प्रतियोगितामा ८६ स्वर्ण, ८६ रजत र १०२ कास्की गरी जम्मा २७४ मेडलहरू वितरण गरिने बताइएको छ । यी मेडलहरू विद्यार्थीहरूको कडा मेहनत र उत्कृष्ट प्रदर्शनको प्रतीकका रूपमा प्रदान गरिनेछन् ।

आयोजकले प्रतियोगिताको कुल लागत लगभग १० लाख रुपैयाँ लाग्ने अनुमान गरेका छन् । जसका लागि नगरपालिकाका विभिन्न विभाग र संस्थाहरूको समर्थन प्राप्त भएको छ । आजको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, कोहलपुर नगरपालिका सामाजिक बिकास शाखाका संयोजक ईस्वरी प्रसाद बिस्वकर्मा, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख राम ब. हमाल, प्याब्सन बाँकेका अध्यक्ष बिकास बज्राचार्य, प्याब्सन लुम्बिनी प्रदेश सदस्य लक्ष्मी सुवेदी, प्याब्सन लुम्बिनी प्रदेश सह–सचिव गोबिन्द्र चौधरी, प्याब्सन बाँकेका सल्लाहकार शिव डाङ्गी, इलाका प्रशासन कार्यालयका मनोज चौधरी, प्याब्सन बाँकेका महेन्द्र शर्मा, प्याब्सन कोहलपुरका प्रमुख सल्लाहकार गोबिन्द्र सुवेदी, इलाका प्रहरी कार्यालयका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिहरू लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

अध्यक्ष रमेश के.सी.ले उद्घाटन समारोहमा समारोही भनाइ राख्दै कार्यक्रमको उद्देश्य विद्यार्थीहरूको शारीरिक र मानसिक विकासलाई प्रोत्साहन दिनु रहेको बताए । उनले यस प्रतियोगिताबाट विद्यार्थीहरूको खेलकुदप्रतिको रुचि अझ बलियो हुने र समग्र विद्यालय खेलकुदको स्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा राखे। यस प्रतियोगिताले विद्यालयमा खेलकुदको स्तरमा वृद्धि ल्याउने र विद्यार्थीहरूलाई खेलकुदका विभिन्न प्रकारका प्रतिस्पर्धामा उत्कृष्टता हासिल गर्ने प्रेरणा दिनेछ भन्ने धारणा व्यक्त गरेका छन् ।

यो प्रतियोगिता विद्यार्थीहरूको मानसिक र शारीरिक विकासका लागि महत्त्वपूर्ण अवसर हो भन्दै यसले विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली अपनाउन र शारीरिक शिक्षा र खेलकुदको महत्व बुझ्न प्रेरित गर्नेछ । यसरी, कोहलपुर नगरस्तरीय रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८१ एक महत्वपूर्ण कदम हो, जसले भविष्यमा खेलकुदका क्षेत्रमा नयाँ प्रतिभाहरूलाई जन्म दिन सक्छ अध्यक्षको भनाइ रहेको थियो ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

सम्बन्धित खवर

‘यूवा, संचार माध्यम तथा सरकार’ विषयक अन्तरक्रियात्मक गोष्ठि कोहलपुरमा सुरु

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश