उद्दार गर्न खोज्दा नेपाली सेनालाई आरोप

कोहलपुर, माघ २९,

गएको पुष १४ गते करिब दिउँसोको समयमा सोरु गाउँपालिका वडा नम्बर ८ घर भएका २६ वर्षिय रोकाय थरका एक युवा नेपालगंजबाट चिसापानी जादैं थिए । रोकायका दाजुले भारतबाट पठाएको करिब ५८ हजार नेपाली रुपैंया बोकेर मुगु जाने तरखरमा भएपनि स्थानीय बसमा चिसापानी जादैं थिए । उनले अत्याधिक रुपमा मदिरा सेवन गरेका थिए । मदिराको तालमा आफू सवार बसमा अश्लिल गाली, गलौज तथा अपशब्द बोल्न थालेपछि उनलाई कौशिलानगर ब्यारेकको मुलगेट अगाडि ओरालेर बस आफ्नो गन्तव्यमा हिडेको थियो । मदिराको तालमा मन्त्रमुग्ध बनेका रोकायले त्यहाँ पनि समाजमा पच्नै नसक्ने शब्दहरु बोल्न थाले जहाँ ब्यारेक अगाडिको प्रतिक्षालयमा महिलाहरु पनि बसको प्रतिक्षामा बसिरहेका थिए ।

उनले बोलेका शब्दहरु सुनेर त्यहाँ बसेका महिलाहरुले असहज महशुस गरिरहेका थिए । यसको केही समयपछि चिसापानीबाट कोहलपुरतिर साईकलमा आउँदै गरेका दुई जना परिचय नखुलेका व्यक्तिले उनलाई केही परे लगेर कुटपिट गर्न थाले । सोही क्रममा ब्यारेक अगाडि नै कुटपिट हुन थालेपछि कुनै अप्रिय घटना नहोस् भन्ने हेतुले कौशिलानगर ब्यारेकका डिउटिमा रहेका सेनाले ति व्यक्तिहरुलाई ब्यारेक अगाडि झै–झगडा नगर्न आग्रह गर्दै रोकायलाई थप कुटपिट हुन र लुटपाट हुनबाट बचाई उद्दार गरे । त्यस पश्चात पनि उनी मदिराकै तालमा मनपरी बोलिरहेका थिए । रोकायको उद्दारका लागि कौशिलानगर ब्यारेकले कोहलपुर र चिसापानी प्रहरीलाई समेत खबर गरेको थियो ।

केही बेरमा केही प्रहरी पनि पुगे तर सोही ठाउँका केही स्थानीय व्यक्तिहरुले नेपाली सेनालाई बदनाम गर्ने उद्देश्यले ति व्यक्तिलाई प्रहरीसँग जान नदिई एक मिडिया बोलाएर नेपाली सेनाले रोकायलाई कुटपिट गरेको भन्दै घटनालाई अतिरन्जित बनाए । मदिराले मातेका रोकाय ब्यारेकको मुलगेट अगाडी आई डिउटीमा खटेका सैनिकहरुलाई समेत गाली गलौज गर्ने, अश्लिल हर्कत गर्ने र ढुङ्गा प्रहार गरि सामाजिक उपद्रो मच्चाई शान्ति सुरक्षा खलबलाई रहेका थिए । डिउटिमा सेनाले उनलाई बारम्बार सम्झाउँदा पनि पुनः त्यस्तै किसिमका कृयाकलाप गरिरहेका थिए । प्रहरी प्रशासन घटनास्थल आईपुग्ने समयसम्म परिस्थितीलाई सहज तुल्याउन नेपाली सेनाका व्यक्तिहरुले निजलाई सम्झाई बुझाई गरि उद्दार गरेको र प्रहरीहरु घटनास्थलमा आए पश्चात निज व्यक्तिलाई प्रहरीको जिम्मा लगाएको थियो ।

प्रहरी प्रशासनले निजलाई नियन्त्रण लिने समयमा केही व्यक्तिहरुले सत्य तथ्य नबुझी नेपाली सेना माथि आंच आउने किसिमका भिडियो बनाई सामाजिक संजालमा समेत सम्प्रेशण गरिसकेका थिए । निज माथि नेपाली सेनाका कुनै पनि व्यक्तिबाट कुनै किसिमको हातपात दुव्र्यवहार तथा मानव अधिकार उल्लङ्घन हुने कुनै पनि गैर–कानुनी क्रियाकलाप तथा अमानविय व्यवहार नगरेको स्वयम् पिडित भनिने धनकर्ण रोकाया समेतले पनि स्विकारेका छन् । स्थानिय प्रत्यक्षदर्शीहरुका अनुसार अत्याधिक मादक पदार्थ सेवन गरेर कौशिलानगर ब्यारेकको मुलगेट अगाडी रहेको प्रतिक्षालयमा आई त्यस प्रतिक्षालयमा बसिरहेका महिलाहरुससँग अपशब्द बोल्ने क्रममा परिचय नखुलेको दुई जना गैरसैनिक व्यक्तिहरुले रोकायलाई कुटपिट गरेपछि र रोकायाले सामाजिक उपद्रो मच्चाउन थालेपछि मात्रै सेनाले उनलाई सम्झाई बुझाई सुरक्षित साथ प्रहरीको जिम्मा लगाएको थियो ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

सम्बन्धित खवर

‘यूवा, संचार माध्यम तथा सरकार’ विषयक अन्तरक्रियात्मक गोष्ठि कोहलपुरमा सुरु

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश