एन प्याब्सन बाँकेको फूटबल कपको सुभारम्भ, संघीय युवा तथा खेलकुद मन्त्री चौधरीले गरे उद्घाटन

कोहलपुर, फागुन ५,

संघीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीका छोराहरुलाई संस्थागत विद्यालयहरुले २ प्रतिशत रकम जम्मा गरी अध्ययन अध्यापन गराउनुपर्ने बताएका छन् ।

बाँकेको कोहलपुर नगरपालिका २ तेह्र विगाहमा प्रथम नेशनल प्याब्सन बाँकेको फूटबल कपको सुभारम्भ गर्दै मन्त्री चौधरीले संस्थागत विद्यालयहरुले हाल ११ प्रतिशत छात्रवृति दिइरहेकोमा खुसी व्यक्त गर्दै बालबालिकाहरुलाई ग्रासरुटबाटै फुटबलमा आवद्ध गराउने प्रयास गरेको भन्दै नेशनल प्याब्सन बाँकेलाई धन्यवाद व्यक्त गरे । समग्र विश्वव्यापी रुपमा चर्चा कमाएको फुटबल जगतमा कोहलपुरबाटै खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताए ।

उनले प्रथम नेशनल प्याब्सन बाँकेको फूटबल कपको औपचारिक उद्घाटन गरेका हुन् । यस्तै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण आचार्यले कोहलपुरलाई खेलकुदको हव बनाउनुपर्नेमा उनको जोड थियो । कोहलपुर नगरपालिकाले विभिन्न खेलकुदका नाममा करिब १ करोड भन्दा बढी बजेट विनियोजन गरेको उनको भनाई थियो ।

कोहलपुरमा अन्तराष्ट्रिय क्रिकेट मैदान, कोहलपुर मुख्यमन्त्री गोल्ड कप, उपमेयर छात्रा क्रिकेट प्रतियोगिता, मेयर कप लगायत हरेक विद्यालयमा खेल शिक्षक समेत रहेको उनको भनाई थियो । नगरपालिकाले गर्न नसकेको भनेको ग्रासरुटबाट खेलाडी उत्पादन गर्नका लागि तालिम दिन सकेको छैन जसलाई आज नेशनल प्याब्सन बाँकेले पुरा गर्न खोजिरहेको भन्दै धन्यवाद ज्ञापन व्यक्त गरे ।

यस्तै नेशनल प्याब्सन बाँकेका अध्यक्ष तथा कार्यक्रमका सभापति किशोर राज मल्लले बालबालिकाको शारीरिक रुपमा स्वस्थ राख्न, मानसिक रुपमा मस्त राख्न, संबेगात्मक रुपमा सन्तुलित बनाई राख्न र सामुहिक सहयोगी भावनाको विकास एवम् निर्णय, नेतृत्व क्षमताको आत्मविश्वास जागृत गर्न यस प्रतियोगिताले टेवा पुग्ने बताए । उनले फुटबल प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण व्यक्तित्वहरुलाई आग्रह गरेका छन् ।

यस्तै प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, उपविजेतालाई १५ हजार र सेमिफाइनल टिमलाई १० हजार पुरस्कार रहेको छ । वेष्ट किपर, स्कोरर, डिफेण्डर, मिड फिल्डरलाई प्रति १ हजार रुपैया र उत्कृष्ट खेलाडी (फेर प्लेयर खेलाडी) ५ हजार रुपैया पुरस्कार रहेको छ । प्रतियोगितामा बाँकेको ३७ वटा विद्यालय सहभागि रहेका छन् भने नेशनल प्याब्सन बाँकेका सचिव वेग प्रकाश चन्दले कार्यक्रम सञ्चालन गरेका थिए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

सम्बन्धित खवर

‘यूवा, संचार माध्यम तथा सरकार’ विषयक अन्तरक्रियात्मक गोष्ठि कोहलपुरमा सुरु

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश