कोहलपुर, फागुन ६,
बाँकेको कोहलपुर नगरपालिकामा ७औं उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता हुँदै छ ।
फागुन ७ गतेदेखि सुरु हुने उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता १३ गतेसम्म संचालन हुने सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । कोहलपुरको अन्तराष्ट्रिय क्रिकेट मैदानमा ७औं उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
कोहलपुर नगर खेलकुद विकास समितिको व्यवस्थापनमा हुन लागेको प्रतियोगितामा १८ वटा विद्यालयको सहभागिता रहने छ । सोमबार भएको पत्रकार सम्मेलनमा प्रमुख अतिथी उपप्रमुख संगीता सुबेदीले विद्यालय स्तरबाट क्रिकेट छात्रा उत्पादन गर्ने उद्देश्यले निरन्तर उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता गरिरहेको बताईन् ।
उनले प्रतियोगिताका लागि करिब ७ लाख रुपैया बजेट विनियोजन गरिएको जानकारी दिईन् । उनका उनुसार प्रतियोगितामा उत्कृष्ट तथा उपविजेतालाई पुरस्कार समेत बृद्धि गरिएको छ । कोहलपुर खेलकुदको उर्भरभूमि भएकोले कोहलपुर नगरपालिकाले ठुलो लगानी गरेको उनको भनाई थियो । खेलकुद मन्त्री महेश्वर गहतराज अथक हुँदा कोहपुरको क्रिकेट एकेडेमीको गुरुयोजना सहित अघि बढेको छ जसलाई निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरिन् ।
पत्रकार सम्मेलनमा बोल्दै कोहलपुर नगर खेलकुद विकास समितिका संयोजक चक्र चिमाला क्षेत्रीले खेलकुदमा १९ वर्ष मूनीका खेलाडीहरु सहभागि हुने बताए । कोहलपुरबाटै नै अन्तराष्ट्रिय स्तरमा क्रिकेटको माध्यमबाट पुगेकी मनिसा रानाको उदाहरण दिँदै संयोजक क्षेत्रीले भोलीका दिनमा समेत यि नै छात्राहरुबाट नै खेलाडी उत्पादन हुने उनको विश्वास थियो ।
उपमेयर कप छात्रा क्रिकेट प्रतियोगितामा १८ वटा विद्यालय सहभागि भएको नगर खेलकुद विकास समितिका संयोजक क्षेत्रीले बताए । कार्यक्रम कृष्ण मावि विद्यालयका प्रअ दिलिप वलीले कार्यक्रम सञ्चालन गरेका थिए भने दर्जन बढि पत्रकारहरुको सहभागिता भएको थियो । प्रतियोगिताको विजेता टिमले ३५ हजार नगद तथा २५ हजार बराबरको खेलकुद सामग्री प्राप्त गर्नेछ भने उपविजेता टिमले २० हजार नगद र १५ हजार बराबरको खेलकुद सामग्री जित्नेछ।
व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ जसमा प्लेयर अफ द सिरिजलाइ ७५००, बेस्ट ब्याटर ५०००, बेस्ट बलर ५०००र उदाउँदो खेलाडीका रूपमा एक जोडी क्रिकेट सुज (जूता) प्राप्त गर्नेछन् । खेलकुद विकास समितिको सिफारिसमा प्रतियोगिताबाट उत्कृष्ट ५ खेलाडीलाई क्रिकेट एकेडेमीमा निःशुल्क प्रशिक्षण प्रदान समेत गरिनेछ ।