कोहलपुर, फागुन ८,
कोहलपुरमा जारी ७औं उप–मेयर कप क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज पनि विभिन्न विद्यालयले प्रतिष्पर्धा गर्ने छन् ।
आजको पहिलो खेलमा सेन्चुरी ईङ्लिस मिडियम स्कुल र बाल शिक्षा मा.वि. बिच प्रतिष्पर्धा हुनेछ भने दोस्रो खेलमा ज्ञानज्योति मा.वि. र जनता मा.वि. भिड्ने छन् । आजको अन्तिम खेलमा भने बागेश्वरी एकेडेमीले ग्रिन पिसको सामना गर्ने कोहलपुर स्पोर्टस् एकेडेमीका म्यानेजिङ डाईरेक्टर विनायक गिरीले जानकारी दिएका छन् । बुधबार उद्घाटनको दिन भएका दुई खेलमा लक्ष्मी मा.वि. र गोरखा युनाईटेड पब्लिक स्कुल विजयी भएका छन् ।
एभ्रेष्ट सैनिक मा.वि र लक्ष्मी मा.वि. बिच भएको पहिलो खेलमा लक्ष्मी माध्यामिक विद्यालय विजयी भएको छ । लक्ष्मी मा.वि.ले एभरेष्ट सैनिक मा.वि.लाई १२५ रनको फराकिलो अन्तरले हराउँदै जित हासिल गरेको हो । कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन प्रतियोगितामा लक्ष्मी मा.वि.ले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । एभरेष्ट सैनिकलाई बलिङको निम्तो दिएको लक्ष्मी माबिले १५ ओभरमा ३ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।
लक्ष्मी मा.वि.ले दिएको १६४ रनको लक्ष्य एभरेष्ट सैनिकले ९ विकेट गुमाउँदै ३९ रनमा मात्रै समेटिएपछि लक्ष्मी माविलाइ जित दिलाउन गिता परियारले ४ विकेट लिएर प्लेयर अफ द म्याच समेत प्राप्त गरिन् । यता गोरखा युनाईटेडले वेस्टर्न मा.वि.लाई हराउँदैं विजयी सुरूवात गरेको छ । दोस्रो खेलमा गोरखा युनाइटेडले वेस्टर्न स्कुललाई ७ रनले हराएको छ । गोरखा युनाईडेटले ५ विकेट गुमाउँदै ९९ रन बनाएको थियो । १०० रनको लक्ष्य पाएको वेस्टर्न १५ ओभरको खेलमा ९२ रनमा अलआउट भयो । उक्त खेलको प्लेयर अफ द म्याच गोरखा स्कुलकी विपिका वली भईन् ।
उनलाई राष्ट्रिय खेलकुद परिषद्का सिनियर कोच दिपेन्द्र प्रताप सिंहले प्यलेर अफद म्याच हस्तान्तरण गरेका थिए । प्रतियोगितामा सामुदायिक र संस्थागत विद्यालय गरी जम्मा १८ वटा विद्यालय सहभागी रहेका छन् । खेल फागुन १३ गतेसम्म सञ्चालन हुने छ ।