- कोहलपुर, फागुन १०,
कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी ७ औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता–२०८१ को चौथो दिन शनिबार तीन खेल भएका छन् ।
चौथो दिन भएका खेलमा लक्ष्मी मावि, गोरखा युनाइटेड पब्लिक स्कुल र बालशिक्षा मावि भरैया विजयी भएका थिए । पहिलो खेलमा लक्ष्मी माविले पञ्चमुखी माविलाई हराउँदै जीत हासिल गरेको हो । टस जितेर पञ्चुखी माविले पहिले ब्याटिङ रोजेको थियो । ब्याटिङ गर्दै पञ्चमुखीले लक्ष्मी माविलाई ६८ रनको लक्ष्य दिएको थियो ।
पञ्चमुखीले दिएको ६८ रनको लक्ष्य पछ्याउँदै लक्ष्मी माविले ९ ओभरमा २ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्याे । लक्ष्मी माविका लागि पुर्णिमा कार्कीले ४ विकेट लिदै विजयी बनाउन विशेष योगदान दिएकी थिइन् । उनी उक्त खेलको प्लेयर अफ द म्याच समेत बनेकी थिइन् । यस्तै दोस्रो खेल गोरखा युनाइटेड पब्लिक स्कुल र जनज्योति माविबीच भएको थियो । टस जितेर गोरखाले पहिले ब्याटिङ रोजेको हो । गोरखाले खेलको निर्धारित १५ आभेरमा ३ विकेट गुमाउँदै ९५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याएको जनज्योति माविले निर्धातिर १५ ओभरमा ८ विकेट गुमाउँदै ८४ रन मात्रै बनाउन सक्यो । गोरखा युनाइटेड पब्लिक स्कुलले जनज्योति माविलाई १२ रनले हराउँदै विजयी हासिल गरेको हो ।
गोरखालाई विजयी बनाउन विपिका ओलीले महत्वपूर्ण ४३ रन र १ विकेट लिदै प्यलेर अफ द म्याच समेत बनिन् । यस्तै तेस्रो खेलमा बालशिक्षा मावि भरैयाले नेपालगन्ज मोडेल एकेडेमीलाई हराएको हो । टस जितेर बालशिक्षा माविले पहिले फिल्डिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएको नेपालगन्ज मोडेल एकेडेमीले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै बालशिक्षा मावि भरैयालाई १०१ रन बनाएकोे थियो ।
१०२ रनको लक्ष्य प्राप्त गरेको बालशिक्षा मावि भरैयाले १४.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यो सँगै नेपालगन्ज मोडेल एकेडेमीलाई हराउँदै १०२ रनले बालशिक्षा मावि भरैया विजयी भएको हो । हुमकली ओलीले ४९ बलमा २९ रन र १ विकेट लिदै बालशिक्षा मावि भरैयालाई विजयी बनाएकी थिइन् । उनले म्यान अफ द म्याच समेत प्राप्त गरिन् ।
खेल निकै रोमन्चक बनेको थियो । यस्तै आईतवार पाँचौ दिन तीन वटा खेलहरुहुने प्रतियोगिता संयोजक विनय गिरीले जानकारी दिए । उनका अनुसार पहिलो खेल विहान ८ः३० बजे सरमाथा ज्ञानकुञ्ज र ज्ञानज्योति मावि चप्परगौडी बिच प्रतिस्पर्धा हुने उनले बताए । दोस्रो खेलमा बागेश्वरी मावि र लक्ष्मी माविको ११ः३० बजे हुने उनको भनाइ छ । तेस्रो खेल भने गोरखा युनाइटेड पब्लिक स्कुल र त्रिभुवन नमुना मावि बिच २ः३० बजे हुने उनले जानकारी दिए ।