मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरण र वैकल्पिक जीविकोपार्जन प्रवद्र्धनका लागि कार्यशाला गोष्ठी सम्पन्न–६ बुँदे घोषणा–पत्र जारी

कोहलपुर, फागुन ११,

मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरण र वैकल्पिक जीविकोपार्जन प्रवद्र्धनका लागि स्थानीय पर्यटन उद्यमीहरुका अवसर सुदृढिकरणका लागि कार्यशाला गोष्टि शनिबार सम्पन्न भएको छ ।

बाँके राष्ट्रिय निकुञ्जको आयोजनामा तथा Zoological Society Of London Nepal -ZSL Nepal_ र इन्रुडेक कोहलपुरको साझेदारीमा स्थानीय पर्यटन उद्यमीहरूको अवसर सुदृढीकरणका लागि कार्यशाला गोष्ठीको आयोजना गरिएको हो । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख विरेन्द्र कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद माननिय सुर्य ढकाल प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत कंडेलले निकुञ्ज तथा मानव–वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्दै मध्यवर्ती क्षेत्रका बासिन्दाहरूको जीवनस्तर उकास्न वनमा आधारित व्यवसाय प्रवद्र्धन गर्न निकुञ्ज कार्यालय प्रतिबद्ध रहेको बताए । विशेषगरी पाटे बाघ संरक्षणका लागि स्थापना गरिएको निकुञ्जको प्रचार–प्रसार गर्दै समग्र पर्यटन व्यवसायलाई अघि बढाउन आफूहरू तयार रहेको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि ढकालले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बाँके राष्ट्रिय निकुञ्जको पर्यटन विकासका लागि केन्द्र सरकारसँग सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । साथै, स्थानीय स्तरमा निकुञ्जको महत्वबारे थप प्रचार–प्रसार गर्नुपर्ने आवश्यकता औंल्याए ।

इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तहहरूले जीविकोपार्जनसम्बन्धी विभिन्न तालिम, छलफल, सीप विकासलगायत कार्यक्रमहरूमा जोड दिनुपर्ने बताए । पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय कृष्णा केसी (नमूना) ले थोरै लगानीमा पनि पर्यटन व्यवसाय सञ्चालन गर्न सकिने हुँदा सम्भावनाहरू खोजी गरी प्रवद्र्धन गर्नुपर्ने विचार राखिन् । त्यस्तै, प्रदेश सभा सदस्य माननीय बसन्ती न्यौपाने अधिकारीले निकुञ्ज आसपासका होमस्टेहरूमा स्थानीय उत्पादनलाई जोड दिई रैथाने भाषा, कला, संस्कृतिको प्रवद्र्धन गर्नुपर्ने बताइन् ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल र नरैनापुर गाउँपालिका अध्यक्ष मो. इस्तीयाक अहमद साहले पर्यटन विकासका लागि आवश्यक बजेट विनियोजन गर्न गाउँपालिकाहरू तयार रहेको जनाए । पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक रामु जोशीले नीतिगत तहमा बाँके राष्ट्रिय निकुञ्ज प्रवद्र्धन गर्न परिषद् प्रतिबद्ध रहेको जानकारी दिए । कार्यक्रममा जनप्रतिनिधिहरू, पर्यटन व्यवसायी, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, सामुदायिक वन तथा सरोकारवाला निकायका २०० भन्दा बढी सहभागी थिए । कार्यक्रमको संचालन पत्रकार कपिल अञ्जानले गरेका थिए ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

सम्बन्धित खवर

‘यूवा, संचार माध्यम तथा सरकार’ विषयक अन्तरक्रियात्मक गोष्ठि कोहलपुरमा सुरु

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश