कोहलपुर, फागुन १३,
कोहलपुर नगरपालिका आयोजनामा सञ्चालित ७ औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता २०८१ को उपाधी बालशिक्षा मावि भरैयाले प्राप्त गरेको छ ।
मंगलबार सम्पन्न फाईनल राउण्डमा बालशिक्षा मावि भरैयाले लक्ष्मी माविलाई हराउँदै उपाधि प्राप्त गर्न सफल भएको हो । निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै लक्ष्मी माविले १०८ रन बनाएको थियो । लक्ष्मी माविले दिएको १०९ रनको लक्ष्य पछ्याएको बालशिक्षा मावि भरैयाले सहजै १७ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे । फाइनल खेलमा लक्ष्मी माविले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।
प्रथम हुन सफल बाल शिक्षा मा.वि.लाई नगद पुरस्कार ३५ हजार र २५ हजार बराबरको क्रिकेट किट प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरिएको हो । समापन कार्यक्रममा विजेता विद्यालयलाई कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदी र नगर खेलकुद शाखा अध्यक्ष चक्र चिमाला क्षेत्रीले नगर पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । उपविजेता बनेको लक्ष्मी माविले नगद पुरस्कार २० हजार र १५ हजार बराबरको त्रिकेट किट प्राप्त गरेको छ । प्रतियोगितामा १९ वटा विद्यालयहरुको सहभागीता रहेको थियो ।
अन्य विभिन्न उतकृष्ट खेलाडीहरुलाई नगद सहित सम्मान गरिएको थियो । कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गत फागुन ७ गतेबाट सञ्चालित ७औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता मंगलबार समापन भएको छ ।