फागुन १५ गतेदेखि १७ गतेसम्म लुम्बिनी युवा सम्मेलन एवं युथ फेस्टिभल हुँदै

कोहलपुर, फागुन १३,

कोहलपुर नगर स्तरिय युवा क्लब संजालले लुम्विनी युवा सम्मेलन एवं युथ फेस्टिभल २०८१ गर्दै छ ।

‘हाम्रो हातमा शक्ति, हाम्रो हातमा उमङ्ग, अबका युवाले ल्याउनेछन् परिवर्तनको रङ्ग’ भन्दै यही फागुन १५ गतेदेखि १७ गतेसम्म कोहलपुर ११ मा रहेको खुल्ला मैदानमा ३ दिन लुम्विनी युवा सम्मेलन एवं पुच फेस्टिभल गर्न लागेको हो । युवा लक्षित फेस्टिभल युवा कार्यक्रम हो । युवाहरुलाई सशक्त पार्दै उनीहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नका लागि फेस्टिभलको आयोजना गर्न लागिएको मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । फेस्टिभललाई युवा महोत्सवका रुपमा पनि लिन सकिने क्लबका अध्यक्ष रमेश वरले बताए ।

युवाहरुलाई सिर्जनशील, नवीनतम सम्मान गर्न सिकाउँने तथा सामाजिक परिवर्तनका विषयवस्तुलाई प्राथमिकता दिने वरले बताए । युवाहरुलाई वैज्ञानिक सिर्जनात्मक सोच अपनाउन र प्रविधिको प्रयोगमार्फत नयाँ अवसर खोज्न प्रोत्साहित सम्मेलनले गर्नेछ । युवाहरूलाई आफ्नो जिम्मेवारी र भूमिकाबारे सचेत बनाउँदै, सामाजिक परिवर्तनका लागि सोच्न नयाँ तरिका अपनाउन र उद्यमशीलताको माध्यमबाट स्थानीय कला र संस्कृतिको प्रवद्र्धनमा जोड दिने आयोजकले दावी गरेको छ ।

जलवायु परिवनका विरुद्धको कदममा युवाहरुको भूमिका महत्वपूर्ण छ भनेर पनि फेस्टिभलले जानकारी गराउँने छ । वातावरण संरक्षण अभियान, विज्ञान प्रदर्शनी, र युवासँग सम्बन्धित अन्य गतिविधिहरूको माध्यमबाट उनीहरूलाई सामाजिक सुधार र सुशासनको दिशामा सक्रिय हुन प्रेरित गर्ने सम्मेलनले लक्ष्य राखेको छ । पत्रकार सम्मेलनमा बोल्दै वरले भने,–‘लुम्बिनी युवा सम्मेलन एवं युथ फेस्टिभल–२०८१० केवल एक कार्यक्रम होइन, यो युवाहरूको सशक्तिकरणको लागि एक अभियान हो ।’ पत्रकार सम्मेलनमा बोल्दै कोहलपुर नगरपालिकाका सामाजिक विकास शाखा संयोजक ईश्वरी बि.क.ले युवा सम्मेलन कोहलपुर प्रतिको सकारात्मक सन्देश राष्ट्र तथा अन्तराष्ट्रिय स्तरसम्म पुर्याउने बताएका छन् ।

उनले स्थानीय सरकारले कोहलपुरलाई चिनाउनका लागि विभिन्न क्रियाकलाप गर्दै आएको बताउँदै यो सम्मेलनको पनि संरक्षण गर्ने उल्लेख गरे । सम्मेलनमा राजनीतिमा युवा, सामाजिक परिवर्तनका लागि युवा, जलवायु परिवर्तनमा युवा, भ्वाईस अफ लुम्बिनी युवा सशक्तीकरण, संस्कृतिको प्रदर्शनी र आदानप्रदान लगायतका विषयमा वृहत् छलफल गरिनेछ । कार्यक्रममा कुल खर्च करिब ४६ लाख ७८ हजार ४ सय अनुमान गरिएको छ । कार्यक्रममा प्रर्यापर्यावरण लुम्बिनी युवा क्लबका सरोजराज शाही लगायतका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

सम्मेलनको मुख्य उद्देश्यः
१. युवाहरुलाई नेपालको राजनीतिमा सशक्त बनाउने ।
२. युवाहरूमा सामाजिक कार्य र सामाजिक परिवर्तनको प्रवद्र्धन, जलवाय परिवर्तनमा युवाहरुलाई सशक्त बनाउने ।
३. सुम्बिनी प्रदेशका युवाहरूको राष्ट्रिय राजनीतिमा प्रभाव, सशक्तिकरण मयमा लुम्बिनीका युवाहरूको आवाज उठाउने ।
४. वैज्ञानिक सोच र नयाँ प्रविधिको प्रवद्र्धन प्रदर्शनकला, संस्कृति र उद्यमशीलतामा जोड दिने ।
५. सरोकारवालासँग युवाहरुका विषयहरुमा बहस तथा छलफल ।
६. युवाहरूका योजना र विचारहरू खुल्ला मन्चमा प्रदर्शन र प्रोत्साहन, युवाका विषयहरुमा विभिन्न उत्प्रेरणा सेमिनार ।
७. वैज्ञानिक सामग्री प्रदर्शनी र विभिन्न सांस्कृतिक प्रतियोगिता सांस्कृतिक नृत्य र सार्वजनिक भाषण प्रतियोगिता ।

यस कार्यक्रमको अपेक्षित उपलब्धिहरूः
१. युवाहरूमा बोल्ने र आलोचनात्मक सोचको सुधार ।
२. राजनीति र नेतृत्व भूमिकाहरूप्रतियुवाहरुको चासो र वुझाइमा वृद्धि ।
३. युवा उद्यमशीलता तथा युवा रोजगारको प्रोत्साहन, शिक्षा र उत्पादनको सम्बन्धको राम्रो बुझाइ ।
४. स्थानीय उद्योग र आर्थिक अवसरहरूको वारेमा चेतना वृद्धि, नीति निर्माण र राजनीतिक छलफलमा युवाको सहभागिता वृद्धि ।
५. प्रविधि, नवप्रवर्तन, र लागु औषध दुब्र्सनी रोकथाममा युवाको सशक्तीकरण ।
६. युवा नेतृत्वमा जलवायु परिवर्तन सम्बन्धी जानकारी र चेतनामा वृद्धि, वैज्ञानिक सोचको प्रवद्र्धन र युवा नेतृत्व परियोजनाहरूको पहिचान ।
७. युवाहरूमा जिम्मेवारी र नेतृत्वको भावनामा वृद्धि, युवाहरू र सरोकारवालाबीचको सहकार्यमा सुधार ।
८. कला र संस्कृतिको प्रशंसा र संरक्षणमा सुधार, युवाहरूमा आत्मविश्वास, रचनात्मकता, र संचार कौशलको वृद्धि ।

निष्कर्षः
लुम्बिनी युवा सम्मेलन एवं युवा महोत्सव २०८१ लम्बिनी प्रदेशमा यथा सहभागितामा गर्ने भव्य कार्यक्रम हुनेछ । राजनीति, सामाजिक परिवर्तन, विज्ञान, प्रविधि, वातावरणीय सरक्षण, उद्यमशीलता, युवा सम्भागिता सांस्कृतिक संरक्षणमा केन्द्रित विविध कार्यक्रमहरू मार्फत, महोत्सवले लुम्बिनीका युवाहरूलाई नयाँ विचारहरू अन्वेषण गर्न, क्षमता विकास, सकारात्मक सोच बनाउनुका साथै सामुदायिक विकासमा अर्थपूर्ण योगदान पुरÞ्याउने अवसर प्रदान गर्नेछ । नीति निर्माण, राजनीति, र सामाजिक मुद्दाहरूमा सक्रियतापूर्वक सहभागी हुन युवाहरूलाई प्रेरित गरेर, सम्मेलनले सामाजिक परिवर्तनमा उनीहरूले सक्ने खेल्न गहिरो भूमिकाको बुझाइ प्रदान गर्नेछ । शिक्षा, वातावरण संरक्षण, र लागुपदार्थ दुव्र्यसन रोकथाम जस्ता विषयहरूले युवाहरूलाई यी मुद्दाहरूको स्वामित्व लिन प्रेरित गर्नेछन्। सम्मेलनले युवा उद्यमशीलताको महत्त्वलाई पनि जोड दिनेछ, जसले उनीहरूलाई नयाँ व्यावसायिक अवसरहरूको खोजी गर्न र आफ्नै क्षेत्रमा नेतृत्व गर्न मद्दत गर्नेछ ।

कार्यक्रमको अवलोकन (कम्तीमा २०,००० युवाको सहभागिता अपेक्षित) :
पहिलो दिन ः सांस्कृतिक महोत्सव (कला र संस्कृतिको प्रदर्शन, प्रतियोगिता, र प्रदर्शनी ।
दोस्रो दिन ः युवा महोत्सव एवं बहस कार्यक्रम (विभिन्न युवा मुद्दाहरूमा खुला वहस)
तेस्रो दिन ः शैक्षिक महोत्सव (शैक्षिक विषयहरूमा प्रदर्शनी र बहस) (बाँके बाहिरका सहभागीहरू, कम्तीमा २१८ जना लगभग सहभागी हुने र बाँके भित्रबाट १०० जना स्वयंसेवक र ३०० जना प्रत्यक्ष सहभागी हुने छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

सम्बन्धित खवर

‘यूवा, संचार माध्यम तथा सरकार’ विषयक अन्तरक्रियात्मक गोष्ठि कोहलपुरमा सुरु

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश