कोहलपुर, फागुन १८,
स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेलमा आयोजक टिम युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुर र हिमालयन क्रिकेट एकेडेमी काठमान्डौ विजयी भएका छन् ।
युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरको आयोजनामा तेस्रो संस्करणको प्रतियोगितामा यु.भि.सि.सि. कोहलपुरले यङ्गगन्ज नेपालगन्जलाई र एच.सि.ए. काठमान्डौले घोडाघोडी ११ सुखड कैलालीलाई हराउँदै विजयी भएका हुन् । तेस्रो दिनको पहिलो खेलमा युनाईटेड भिजन क्रिकेट क्लव कोहलपुरले यङ्गगन्ज नेपालगन्जलाई ४८ रनको फराकिलो अन्तरले हराउँदै जीत हासिल गरेको हो । टस जीतेर यङ्गगन्ज नेपालगन्जले पहिले फिल्डीङ रोजेको थियो ।
टस हारेर ब्याटिङको निम्तो पाएको यु.भि.सि.सि. कोहलपुरले निर्धारीत २० ओभरमा ७ विकेट गुमाउँदै १३४ रन बनायको थियो । यु.भि.सि.सि. कोहलपुरले जितका लागी दिएको १३५ रनको लक्ष्य पछ्याउँदै यङ्गगन्ज नेपालगन्जले १८.४ ओभरमा ८६ रन बनाउँदै अलआउट भएको हो । यु.भि.सि.सि. कोहलपुरका लागी सर्बाधिक क्षितिज थापा मगरले ३२, सिद्धान्त राज शाहीले १७, अमर रौतेला र निर्मल गुरुङ्गले समान १५–१५ रन बनाए । बलिङ्ग तर्फ यङ्गगन्ज नेपालगन्जका प्रतिक गिरी र सुनिल भण्डारीले समान २–२ विकेट लिए ।
यङ्गगन्ज नेपालगन्जका लागी सुनिल भण्डारीले सर्बाधीक ३५ र युवराज शर्माले १६ रन बनाए । बलिङ्ग तर्फ यु.भि.सि.सि. कोहलपुरका सुनिल सुनारले ५, निर्मल गुरुङ्गले २ विकेट लिए । यु.भि.सि.सि. कोहलपुरका सुनिल सुनार प्लेयर अफ द म्याच समेत बनेका थिए । दोस्रो खेलमा हिमालयन क्रिकेट एकेडेमी काठमान्डौले घोडाघोडी ११ सुखड कैलालीलाई ९ विकेटले हराएको छ । हिमालयन क्रिकेट एकेडेमी काठमान्डौले उत्कृष्ट बलिङ गर्दै घोडाघोडी ११ सुखड लाई १६.३ ओभरमा ६२ रनमा अलआउट गरेको थियो ।
६२ रनको सामान्य लक्ष्य हिमालयन क्रिकेट एकेडेमी काठमान्डौले ७.५ ओभरमा १ विकेटको क्षतिमा ६६ रन बनाउँदै पूरा गरेको हो । हिमालयन क्रिकेट एकेडेमी काठमान्डौका लागि किरण दौल्यालले २५ र दिपक बोहराले २४ रन बनाएका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घोडाघोडी एघार १६.३ ओभरमा सबै विकेट गुमाएर ६२ रनमा अलआउट भएको थियो । घोडाघोडी ११ सुखडका लागि सर्बाधीक निशान्त रेग्मीले १८ रन बनाए । हिमालयन क्रिकेट एकेडेमी काठमान्डौका आदित्य थापा र सन्दीप शाहीले समान ३–३ विकेट लिएका थिए । दोस्रो खेलको प्लेयर अफ द म्याच हिमालयन क्रिकेट एकेडेमी काठमान्डौका आदित्य थापा बनेका छन । उनले आफ्नो टिमका लागी ३ विकेट लिएका थिए ।
सेमीफाईनल दुबै खेल भोली
स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेल सकिए संगै भोली सेमीफाईनल खेल्ने चार टिमको टुङ्गो लागेको छ । सेमीफाईनलको पहिलो खेल भोली सि. युवा क्लब नेपालगन्ज र नेशनल क्रिकेट एकेडेमी लम्की कैलाली बिच विहान ९ बजे साथै दोस्रो सेमीफाईनल खेल हिमालयन क्रिकेट ऐकेडेमी काठमान्डौ र भिजन क्रिकेट क्लव कोहलपुर विच दिउँसो १ बजे हुने स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिताका खेल संयोजक सुमन गुरुङ्गले जानकारी दिए । फाईनल खेल प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा फागुन २० गते हुने गुरुङ्गले बताए ।