कोहलपुर, फागुन २१,
प्लानिङ व्वाईज युनाइटेड क्लब, काठमाडौलाई हराउँदैं कोहलपुर रेसिङ साहारा क्लबले फाइनलको बाटो तय गरेको छ ।
बुधबार सम्पन्न सेमिफाईनल खेलमा प्लानिङ व्वाईज युनाइटेडलाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक टिम कोहलपुर रेसिङ साहारा क्लबले फाइनलको बाटो तय गरेको हो । कोहलपुरमा जारि मुख्यमन्त्री कोहलपुर गोल्डकप अन्तरगत आयोजक टिमले उपविजेताको बाटो तय गरेको हो ।
पहिलो हाफमा दुवै क्लबका खेलाडिविच कडा प्रतिष्पर्धा भएपनि कुनै क्लबले गोल गर्न सकेन तर दोस्रो हाफको ४७औँ मिनेटमा कोहलपुर रेसिङ साहारा क्लब जर्सि नं.१३ का श्याम बिडारीले पहिलो गोल गरेका थिए । खेलको ५६औँ मिनेटमा प्लानिङ व्वाईज युनाइटेडका जर्सि नं. २३ का ओम प्रकाश चौधरीले १ गोल फर्काएपछि खेल रोमाञ्चित बन्दै बराबरीमा पुगेको थियो ।
निर्धारित समयमा १–१ को बराबरीमा खेल समापन भएपछि पेनाल्टी सुटआउटमा प्लानिङलाई ४–३ ले हराउँदै कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको हो । रेसिङ साहाराको यो दोस्रो जित हो । समूह चरणको पहिलो खेलमा कोहलपुर रेसिङ साहारा क्लबले लुम्बिनी फुटबल एकेडेमीलाई हराएको थियो । खेलको म्यान द म्याच कोहलपुर रेसिङ साहारा क्लबका गोलकिपर अमानत शेष भएका छन । उनलाई हौसला प्रदान गर्दै आयोजकले नगद् दश हजार रुपैयाँले पुरस्किृत गरेका छन ।
शेषलाई नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रसान्त विष्ट र कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले नगद् ५ हजारकासाथ ट्रफी हस्तान्त्रण गरेका थिए भने थप ५ हजार गोल्डकप संयोजक कर्ण बहादुर बस्नेतले प्रदान गरेसंगै उनले कुल १० हजार पुरस्कार प्राप्त गरेका हुन । फाईनल प्रवेशका लागि बिहीबार (भोली) दुई टिम बिच कडा प्रतिष्पर्धा हुनेछ । राईजिङ्ग स्टार फुटबल क्लब नवलपरासी र काक्रेबिहार फुटबल क्लब सुर्खेत आमने सामने हुनेछन् ।