कोहलपुर, फागुन २२,
राइजिङ स्टार फुटबल क्लब नवलपरासी र आयोजक रेसिङ साहारा क्लब कोहलपुर फाईनलमा पुगेका हुन् । राइजिङ स्टार फुटबल क्लब, नवलपरासी र काक्रेबिहार फुटबल क्लब बिच बिहीबार सम्पन्न खेल सकिएसँगै फाईनलमा पुग्न दुई टिम फाईनलमा पुगेका हुन् । काँक्रेविहार फुटबल क्लब सुुर्खेतलाई पेनाल्टी सुटआउटमा हराउँदै राइजिङ स्टार फुटबल क्लब नवलपरासी फाइनलमा पुगेको छ । सेमिफाइनको खेलको पहिलो हाफको १९औँ मिनेटमा राइजिङ स्टार फुटबल क्लब नवलपरासीका फाकुन्ले अवयोमी बोलसियुनले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।
खेलको ७८औँ मिनेटमा काँक्रेविहार फुटबल क्लब,सुुर्खेतका धनसिंह विकले बराबरी गोल फर्काए । निर्धारित समयमा १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा काँक्रेविहारलाई ५–४ ले पराजित गर्दै राइजिङ स्टार फुटबल क्लब फाइनल प्रवेश गरेको हो । यसअघि आयोजक कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरिसकेको छ ।
खेलको म्यान द म्याच राइजिङ स्टार फुटबल क्लब नवलपरासीका फाकुन्ले अवयोमी बोलसियुन घोषित भए । उनले नगद् पाँच हजार रुपैयाँ प्राप्त गरे । शेषलाई राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्प पौडेल, नेकपा एमाले बाँकेका सचिव बलराम भट्टराई, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति पोषण केसी,नेकपा एमाले बाँके क्षेत्र नं. १ का संयोजक कुस्माखर वस्याल र कोहलपुर उद्योण वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईले संयुक्त रुपमा प्रदान गरेका थिए ।
प्रतियोगिताको फाइनल फागुन २४ हुनेछ । कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७गतेदेखि प्रतियोगिता सुरु भएको हो । घाना र भारतीसहित आठ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।