तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबलाई

कोहलपुर, फागुन २४,

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधी राइजिङ्ग स्टार फुटबल क्लबले हात पारेको छ ।

फाइनल खेलमा राइजिङ्ग स्टारले आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लबलाई २–० गोलले हराउँदैं उपाधी हात पार्न सफल भएको हो । शनिबार सम्पन्न खेलमा जितका लागि राइजिङ्ग स्टारका कप्तान विनोद केवटले दोस्रो हाफको पहिलो मिनेटमै पहिलो गोल गरे । गोल गरेको दुई मिनेटमै खेलको ४७ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । खेलमा दुई गोल गर्दै उपाधी दिलाउन सफल बनेका केवट प्लेयर अफ दि म्याच बने । केवटकै उत्कृष्ट खेल प्रदर्शनमा नवलपरासी उपाधि जित्न सफल भयो ।

रेसिङ साहारा क्लब कोहलपुरले भने घरेलु मैदानमा हार वेहोर्नु पर्याे । कोहलपुर गोल्डकपमा पहिलोपटक फाइनल प्रवेश गरेको कोहलपुर तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको नवलपरासीले ट्रफीसहित नगद् आठ लाख रूपैयाँ प्राप्त गरेको छ ।

प्लेअर अफ द टुर्नामेन्ट (सर्वोउत्कृष्ट खेलाडी) को अवार्ड कोहलपुर रेसिङ साहारा क्लबमा विनोद केसीले जिते । उनले ट्रफिसहित ५१ हजार प्राप्त गरे । राईजिङ स्टार फुटबल क्लब नवलपरासीका चेतन थारू वेष्ट डिफेन्डर हुँदै ट्रफीसहित दश हजार रूपैयाँ प्राप्त गरे । यसैगरी, राईजिङ स्टार फुटबल क्लब नवलपरासीकाका प्रतिक सुनारले नगद् हजारसहित उत्कृष्ट गोलकिपरको उपाधि जितेका थिए । राईजिङ स्टार फुटबल क्लब नवलपरासीकै सन्दिप केसीले उत्कृष्ट प्रशिक्षक उपाधि जिते हुन् ।

राईजिङ स्टार फुटबल क्लब नवलपरासी विनोद केवट र काँक्रेविहार फुटबल क्लबका धनसिंह विक सर्वाधिक गोलकर्ता हुँदै नगद् पाँच–पाँच हजार प्राप्त गरे । विजेतालाई कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले पुरस्कार प्रदान गरेका हुन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

सम्बन्धित खवर

‘यूवा, संचार माध्यम तथा सरकार’ विषयक अन्तरक्रियात्मक गोष्ठि कोहलपुरमा सुरु

उपाधिका लागि रेसिङ साहारा र राईजिङ स्टार भिड्ने, खेल रोमान्चक हुने आँकलन– उपाधी आफूले नै लिने दुवै टिमको दावी

काक्रेबिहारलाई पेनाल्टीमार्फत् हराउँदैं राईजिङ स्टार फाईनलमा प्रवेश–उपाधीका लागि रेसिङ साहाराको सामना गर्ने

प्लानिङ व्वाईज युनाइटेडलाई हराउँदैं रेसिङ साहाराको फाइनल बाटो तय–बिहीबार राईजिङ्ग स्टार नवलपरासी र काक्रेबिहार सुर्खेत भिड्ने

अफ्रिकन फुटबल क्लब घानालाई हराउँदैं काक्रेबिहार फुटबल क्लब सेमिफाईनलमा प्रवेश

स्व. वीरेन्द्र स्मृति क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि युनाईटेड भिजन क्रिकेट क्लबलाई