कोहलपुर, चैत १०,
शाश्वत प्रेम कथा प्रस्तुत गर्ने उद्देश्यसहित तयार गरिएको “समर्पण” म्युजिक भिडियो यही चैत २१ गते Binod Jung Films युट्युब च्यानल मार्फत सार्वजनिक हुने भएको छ।
चर्चित महाकाव्य “मुनामदन” को प्रेम कथासँग तुलना गर्दै निर्माण टोलीले दर्शकलाई यो भिडियो मार्फत एउटा गहिरो प्रेमभाव प्रस्तुत गर्ने वाचा गरेको छ। झापा र इलामका विभिन्न चर्चित पर्यटकीय स्थलहरूमा छायांकन गरिएको यस म्युजिक भिडियोमा शिशिर राई र पूर्णिमा निर्दोष को प्रमुख अभिनय हेर्न सकिन्छ। साथै, दिलीप कुमार योङहाङ (हिलिहाङ), रेगन प्रसाई, युवराज अधिकारी, बिकास चापागाईं, युगेन लोहार र दिपेश उराउ को समेत आकर्षक अभिनय समावेश गरिएको छ।
भिडियोको छायांकन बिनोद जङ छेत्री ले गरेका छन् भने युगेन लोहार ले DOP का रूपमा काम गरेका छन्। संगीतमा सुदीप सिवा ले पृष्ठभूमि बाँसुरी बजाएका छन्।
निर्देशक रेगन प्रसाई ले दर्शकको माया र समर्थनले मिहिनेतलाई न्याय दिने विश्वास व्यक्त गरेका छन्। यस म्युजिक भिडियोको मिडिया पार्ट्नर सुहानी मिडिया एण्ड इन्टर्टेन्मेन्ट तथा रेडियो पार्ट्नर रेडियो साथी 98.6 MHz रहेका छन्। “समर्पण” म्युजिक भिडियो चैत २१ गते सार्वजनिक हुने भएकाले दर्शकहरूले यसको प्रतिक्षा गर्नुपर्नेछ।



