खेलकुद विकासमा सहकार्य गरौँ, भरतपुर–२४ लाई खेल, कृषि र पर्यटन वडाको रुपमा स्थापित गरौँ

मनोज भुजेल(प्रकृती प्रेमी) भरतपुर,
कोहलपुर, असार १,

चितवनको भरतपुर–२४ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न भएको चौथो पेईङगुईङ गोल्डकप फुटबल प्रतियोगिता २०८२ को फाइनल खेलमा सुर्यपुर फुटबल क्लब विजयी भएको छ ।

जेठ २४ गतेदेखि असार १ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो । फाइनल खेलमा हानामी फुटबल क्लब भरतपुरलाई ३–१ गोल अन्तरले पराजित गर्दै सुर्यपुरले उपाधि हात पारेको हो । खेलको सुरुवातमा हानामीले अग्रता लिएपनि सुर्यपुरका खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले खेल पल्टिएको थियो । सुर्यपुरका लागि विक्की चाम्लिङ राईले दुई गोल गर्दै निर्णायक योगदान दिए र उनी म्यान अफ द म्याच घोषित भए । यसैगरी सुर्यपुरका प्रदिप भट्टराई उत्कृष्ट गोलकिपर घोषित भए भने हानामीका निर्मल घिसिङ उत्कृष्ट डिफेन्डर घोषित भए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि जया गुरुङले प्राप्त गरे । उच्च गोलकर्ता (हाई स्कोरर) पनि विक्की चाम्लिङ नै घोषित भए । उत्कृष्ट प्रशिक्षक (कोच) को उपाधि भने सुर्यपुरकै रोशन लामालाई प्रदान गरियो । उनीहरू सबैलाई जनही रु. ५,००० नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको प्रथम पुरस्कार रु. ३ लाख ३ हजार, दोस्रो पुरस्कार रु. १ लाख ७५ हजार नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

फाइनल कार्यक्रमका प्रमुख अतिथि वडा नं. २४ का वडाध्यक्ष रामबहादुर गोदारले खेल, कृषि र पर्यटनलाई समेट्दै भरतपुर–२४ लाई समुन्नत र पहिचानयुक्त वडाका रूपमा स्थापित गर्न युवाहरुको सक्रियतामा यस्ता प्रतियोगिताले सहयोग पु¥याउने बताए । विशिष्ट अतिथि पेईङगुईङका प्रोप्राइटर सुदीप भट्टराईले पनि आफ्नो मन्तव्यमा युवालाई सकारात्मक उर्जा दिने माध्यमको रूपमा खेलकुदलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । प्रतियोगिताको प्रत्यक्ष प्रसारण गोलनेपालले गरेको थियो ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर