लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातक भर्ना खुला, छात्रवृत्तिसहितको अवसर

कोहलपुर, साउन ९,

लुम्बिनी प्राविधिक विश्वविद्यालयले शैक्षिक सत्र २०८२ का लागि स्नातक तहमा भर्ना प्रक्रिया सुरु गरेको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका डिन डा. निरज केसीले B.Tech in Civil Engineering, IT Engineering, Computer Science & Artificial Intelligence तथा Information Technology जस्ता विषयमा दोस्रो र तेस्रो ब्याचको भर्ना खुला गरिएको जानकारी दिए ।

डा. केसीका अनुसार विश्वविद्यालयले उद्योगमैत्री र व्यवहारिक शिक्षा प्रणालीमा जोड दिएको छ । कूल ६० प्रतिशत आन्तरिक मूल्यांकन प्रणाली, एक महिनाभित्र नतिजा प्रकाशन गर्ने प्रणाली र आवश्यक परेमा ग्रेड वृद्धि पुनःपरीक्षाको व्यवस्था विश्वविद्यालयका प्रमुख विशेषता हुन् । स्नातक तहका लागि आवेदन फारम साउन ११ गतेदेखि अनलाइनमार्फत (entrance.ltu.edu.np) भरिनेछ । कक्षा १२ को नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीहरू पनि प्रवेश परीक्षामा सहभागी हुन योग्य हुनेछन् ।

कुल सचिव रेग बहादुर भण्डारीले आर्थिक रूपमा कमजोर, प्रतिभावान तथा विशेष समुदायका विद्यार्थीहरूलाई लक्षित गर्दै छात्रवृत्ति योजना सार्वजनिक गर्नुभएको छ । उक्त योजनाअन्तर्गत ६ जनालाई पूर्ण छात्रवृत्ति, ३६ जनालाई ७५ प्रतिशत, २८ जनालाई ५० प्रतिशत र थुप्रै विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । हाल विश्वविद्यालयमा १९८ विद्यार्थी अध्ययनरत छन् भने आगामी वर्षमा संख्यात्मक र गुणात्मक दुवै प्रगति गर्दै समावेशी, सुलभ र गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने विश्वविद्यालयको लक्ष्य रहेको बताइएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर