बाँकेमा पूर्ण सरसफाई यात्राको चुनौती र प्रयास

बिधुत्मा रैका,
कोहलपुर, साउन ११,

बाँके जिल्ला खुला दिशामुक्त क्षेत्र घोषणा गरिएपनि अझै खुलारुपमा दिसापिसाव गर्ने क्रम रोकिएको छैन । सबै घरले शौचालय नबनाउने र बनाएकाले पनि प्रयोग नगर्दा खुला दिसापिसाव नहटेको हो । खानेपानी तथा सरसफाइ कार्यालय बाँकेका अनुसार करिब ९० प्रतिशत घरधुरीमा शौचालय निर्माण भइसकेपछि जिल्लालाई खुलादिसामुक्त घोषणा गरिएको थियो । तर यही घोषणा पछि बाँकेको सरसफाईमा थप काम गरिएन । यही कारण अझै करिब २–३ प्रतिशतले प्रयोग नगरेको पाईएको हो । उनका अनुसार कतिपयले शौचालयलाई स्टोरको रूपमा प्रयोग गरिरहेका छन् भने, संयुक्त परिवार छुट्टिएर नयाँ घर बनाए पनि शौचालय निर्माण छुटेका कारण समस्या देखिएको छ ।

बाँके जिल्ला खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको थियो । करिब ९० प्रतिशत घरधुरीमा शौचालय निर्माण भइसकेपछि यो ऐतिहासिक घोषणा भव्य कार्यक्रममार्फत गरिएको थियो । तर यही घोषणा पछि बाँकेको सरसफाईको अर्को यात्रा सुरु भयो । त्यो बेलादेखि नै प्रत्येक घरमा शौचालय अनिवार्य गरिएको थियो । हाल अधिकांश घरधुरीले शौचालय प्रयोग गरिरहेका छन् । तर अझै करिब २–३ प्रतिशतले प्रयोग नगरेको पाइएको छ । कतिपयले शौचालयलाई स्टोरको रूपमा प्रयोग गरिरहेका छन् भने, संयुक्त परिवार छुट्टिएर नयाँ घर बनाए पनि शौचालय निर्माण छुटेका कारण समस्या देखिएको छ ।

जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष ज्ञानेन्द्र चौधरीका अनुसार, पैदल यात्री तथा ‘मोर्निङ वाक’मा निस्कने व्यक्तिहरू खुलेआम शौच गर्दा सरसफाईमा समस्या आइरहेको छ । ‘बाँकेलाई पूर्ण सरसफाईयुक्त जिल्ला बनाउन स्थानीय, प्रदेश र संघीय सरकारको संयुक्त पहल जरुरी छ,’ उनले भने । तर, राप्तिसोनारी गाउँपालिकामा भने शौचालयको पूर्ण प्रयोग भइरहेको छ । गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलका अनुसार गाउँपालिकामा फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको निर्माण गरिएको छ । साथै, सरसफाई कायम राख्न निरन्तर प्रयास भइरहेका छन् ।

खानेपानी तथा सरसफाई कार्यालय नेपालगञ्जमार्फत लुम्बिनी प्रदेश सरकारको सहकार्यमा हाल बाँकेमा ९० वटा खानेपानी तथा सरसफाई योजना कार्यान्वयन भइरहेका छन् । कार्यालयका प्रमुख विधान अर्यालका अनुसार, ‘पूर्ण सरसफाईका पाँच सूचकहरू मध्ये पहिलो र सबैभन्दा महत्वपूर्ण हो । प्रत्येक घरमा अनिवार्य शौचालयको व्यवस्था, शौचालयको प्रयोग र साबुनपानीले हात धुने बानी त विकसित हुँदैछ, तर अन्य सूचकहरूमा अझै काम गर्न बाँकी छ ।’ अर्यालले भने,–‘जबसम्म नागरिक स्वयंमा सरसफाईको चेतना विकास हुँदैन, तबसम्म पूर्ण सरसफाईको मान्यता पाउन गाह्रो छ ।’

बाँकेमा विभिन्न संघ–संस्थाको सहकार्यमा सरसफाईसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । हालै जिल्लाका तीन विद्यालयमा प्रदेश सरकार तथा खानेपानी तथा सरसफाई कार्यालय बाँके मार्फत विद्यार्थीहरूलाई व्यक्तिगत सरसफाई तथा सेनेटरी प्याड व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिइएको थियो । साथै, विद्यालयहरूमा डस्टबिन वितरण गरी फोहोर व्यवस्थापनमा सहयोग पु¥याइएको छ । खानेपानी तथा सरसफाई कार्यालय बाँकेका सूचना अधिकारी खगेन्द्र खत्रीका अनुसार सरसफाईको लागि शौचालयको उपलब्धता, सफा खानेपानीको पहुँच, फोहोर संकलन तथा व्यवस्थापन अत्यावश्यक छन् । उनले भने,–‘प्रदेश संरचनापछि ‘एक घर एक धारा’ अभियानले पनि बाँकेको सरसफाईमा महत्वपूर्ण योगदान पु¥याएको छ ।’

उनका अनुसार हाल बाँकेका १ लाख २९ हजार २३४ घरधुरी सफा खानेपानीको पहुँचमा छन्, र यस आर्थिक वर्षमा मात्र ७५० घरधुरीमा पाईप प्रणालीमार्फत पानी पु¥याइएको छ । उनले घरघरमा पानीको सुविधा पुगेसँगै सरसफाईमा सुधार देखिएको बताए । बाँके अहिले पूर्ण सरसफाईको यात्रामा निरन्तर अगाडि बढिरहेको छ । यद्यपि, केही मापदण्डहरू अझै पुरा गर्न बाँकी रहेकोले स्थानीय तहदेखि प्रदेश र संघ सरकारसम्मको समन्वय र नागरिकको व्यवहार परिवर्तन अपरिहार्य देखिन्छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर