कोहलपुर चैत ६ ,प्रकृति प्रेमी
भरतपुर महानगरपालिका वडा नं. २५ मा जापानिज ईन्सेफ्लाईटिस विरुद्ध खोप कार्यक्रम GE Vaccine लगाउन सुरु भएको छ |वैशाख ५ गतेदेखि सुरु भएको उक्त कार्यक्रम १० गतेसम्म चल्नेछ | पहिलो दिन शिवालय चोकको शिवालय मन्दिरमा शिवालय टोल, अमृतनगर टोल, जनज्योति टोल र नमूना अकृत टोलका ३० वर्ष माथिका व्यक्तिहरूले खोप लगाएका छन् | जनस्वास्थ्य कार्यालय भरतपुर र शुक्रनगर स्वास्थ्य चौकीको सहकार्यमा खोप कार्यक्रम सञ्चालन भैरहेको हो |
क्युलेक्स लामखुट्टेको टोकाइबाट हुने जापानिज ईन्सेफ्लाईटिस रोगबाट बच्न सुत्दा झुलको प्रयोग गर्ने, लामखुट्टेबाट टाढा रहने, घरवरपर सफा राख्ने, पानी जमिनमुनि न नदिने लगायतका उपायहरू अपनाउनुपर्दछ| यो रोगका लक्षणहरूमा उच्च ज्वरो आउने, टाउको दुख्ने, थकान महशुस हुने, बेहोस हुने, छारे रोकका जस्ता लक्षण द्खिने, घाँटी अटसमटस हुने र अन्तमा मृत्युसमेत हुनसक्छ |
१००° फरेनहाईट भन्दा बढीको ज्वरो आएमा, भर्खरै अस्पतालबाट डिस्चार्ज भएको बिरामी , गर्भवती , सुत्केरी , क्यान्सर , मधुमेह लगायत, औषधी सेवन गरिरहेका बिरहरूले खोप लगाउन नहुने शुक्रनगर स्वास्थ्य चौकीका ईञ्चार्ज नमराज अधिकारीले बताए|

