कोहलपुर, भदौ २९,
कोहलपुर नगरपालिका वडा नं. ११ मा भएको आगलागीका कारण वडा कार्यालय पूर्ण रूपमा क्षति पुगेको र तत्काल सेवा विस्तारमा कठिनाइ भएको अवस्थालाई ध्यानमा राखी पुनः सेवा छिटो सुचारु गर्न पहल भइरहेको छ ।
यसै क्रममा कोहलपुर वडा नं. ६ निवासी युवा व्यवसायी श्री त्रीलोक धितालले वडा कार्यालयका लागि आवश्यक वायरीङ सामग्री तथा वडा अध्यक्षको कार्यकक्षका लागि आवश्यक फर्निचर उपलब्ध गराएका छन् । वडा कार्यालयका अनुसार धितालको यस योगदानले कार्यालय पुनः सञ्चालनमा आवश्यक पूर्वाधार तयारीमा ठूलो सहयोग पुग्ने छ । यसबाट स्थानीय बासिन्दाले छिट्टै आवश्यक सेवा लिन पाउने अपेक्षा गरिएको छ ।
कोहलपुर नगरपालिका वडा नं. ११ को वडा कार्यालय जेन्जीको आन्दोलनका क्रममा जलाईएपछि कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ । कार्यालय जलेर नष्ट भएपछि स्थानीय बासिन्दाहरूले आवश्यक सेवा पाउन कठिनाइ भोगिरहेका छन् । यसैबीच वडा अध्यक्ष कल्पना शर्माले वडा कार्यालय पुनर्निर्माणका लागि नगरवासी, स्थानीय निकाय र सरोकारवालाहरूलाई सहयोगका लागि आग्रह गरेकी छन् ।
उनले छिटोभन्दा छिटो कार्यालय पुनर्निर्माण गरेर जनतालाई सहज र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याएकी छन् । वडा कार्यालयका अनुसार हाल अस्थायी रूपमा केही सेवा सञ्चालन भए पनि पूर्ण सेवा विस्तार गर्न भवन, फर्निचर र पूर्वाधार निर्माण अत्यावश्यक रहेको छ । धितालले म बनाउछु मेरो वडा कार्यक्रम अन्तर्गत वडा नम्बर ८ मा पनि सहयोग गरेका छन् । उनले १ थान टेबुल, १ थान कुर्सी, १२ मिटर जुट कार्पेट र ६ थान प्लास्टिक कुर्सी सहयोग गरेका छन् ।
कोहलपुर नगरपालिका वडा नं ९ आगजनी बाट पुर्ण रूपमा क्षेती भएको र तत्कालै सेवा बिस्तार गर्न कठिनाइ भएको हुदा सेवा सुचारु छिटो गर्नको लागि कार्यालयमा आवस्यक वाइरीङ्को सामान र अध्यक्ष को कार्यकक्षमा आवश्यक फर्निचर उपलब्ध गराउने भएका छन् ।

स्रोत : कोहलपुर ग्यालरी



