कोहलपुर, भदौ २९,
कोहलपुर नगरपालिका वडा नं. ८ मा आज वडा कार्यालय परिसरको सरसफाइ अभियान सञ्चालन भइरहेको छ ।

हालै जेनजीको आन्दोलनका क्रममा कार्यालयमा भएको आगजनीका कारण जेलेको कार्यालयलाई सफा, सुरक्षित र सेवाप्रवाह गर्न उपयुक्त बनाउने उद्देश्यले यो अभियान सुरु गरिएको हो । वडाध्यक्ष लालबहादुर रानाले सम्पूर्ण वडा वासिन्दालाई सक्रिय सहभागिताका लागि अनुरोध गरेका छन् ।
रानाले चाँडै वडा कार्यालयबाट सेवा सुचारु गर्ने पहल भइरहेको जानकारी पनि दिदैं आवश्यक सरसफाइ, फर्निचर व्यवस्थापन र सेवा सञ्चालनका पूर्वाधार तयार भएपछि कार्यालयबाट पूर्ण रूपमा नियमित सेवा उपलब्ध गराइने जानकारी दिए ।

स्थानीय बासिन्दाले पनि यो अभियानमा उत्साहका साथ सहभागी भइ कार्यालयलाई पहिलाकै सुन्दर र व्यवस्थित अवस्थामा फर्काउने प्रतिबद्धता जनाएका छन् । यस कदमले वडा वासिन्दामा सामुदायिक भावनालाई अझ सुदृढ गर्ने र सेवा प्रवाहलाई सहज बनाउने विश्वास गरिएको छ ।
तस्बिर : वडाध्यक्ष लाल बहादुर राना



