कोहलपुरमा जेन्जी विद्रोह, संकट र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोहलपुर, असोज ११,

कोहलपुरमा हालै जेन्जी विद्रोह, संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न दल र संगठनका नेता तथा बामपंथी बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य कमरेड प्रदिप सीले कार्यपत्र प्रस्तुत गरेका थिए । वक्ताहरूमा प्रमुख वक्ता नेकपाका पोलिट्ब्युरो सदस्य असल सी, नेकपा एमाले पूर्व मन्त्री दल बहादुर सुनार, नेकपा नेपाल कांग्रेसका नेता निरज, नेकपा माओवादी केन्द्र नरेन्द्र पाण्डे, बामपंथी बुद्धिजीवी एवं विश्लेषक नरेन्द्र जंग पिटर, बामपंथी बुद्धिजीवी जित बहादुर शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजेन्द्र श्रेष्ठ, नेकपा एसका अब्दुल हुसेन खाण, राष्ट्रिय जनमोर्चाका तिलक राज पौडेल, क्रान्तिकारी कम्युनिस्ट पार्टीका दिपक शाही, वैज्ञानिक समाजवादी पार्टी मेघराज सुनार र बामपंथी बुद्धिजीवी चिन्तामणी घिमिरेउनीहरूले आन्दोलनबाट आएका परिवर्तन र वर्तमान राजनीतिक चुनौती, विद्रोह तथा समाधानका उपायहरूबारे अन्तरक्रिया र विचार विमर्श गरेका थिए।

कार्यक्रम सकारात्मक अन्तरक्रिया र बृहत्तर राजनीतिक सहकार्यको प्रतिबद्धता सहित समापन भएको बताइएको छ । कार्यक्रमको अध्यक्षता नारायण सीले गरेका थिए भने सञ्चालन दिपक सीले गरेका थिए । स्वागत मन्तव्य सीता सीले राखेकी थिइन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !