कोहलपुर, मंसीर २८,
नेपालगञ्ज साइक्लिङ क्लब नेपालगञ्ज बाँकेको साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।
क्लबको सातौं साधारण सभा तथा पाँचौं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । साईक्लिङ क्लबको अध्यक्षमा कविराम बुढाथोकी निर्वाचित भएका छन्। यसैगरी उपाध्यक्षमा सुनिल सिहं दमाल, दीपक कुमार गुप्ता चयन भएका हुन् । क्लबको सचिवमा विजयन्द्र जिसी निर्वाचित भएका छन् भने राजेश कुमार गुप्ता कोषाध्यक्ष रहेका छन् ।
सहसचिवमा विष्णु कंडेल सदस्य प्रदीप बाहुन, प्रकाश बिष्ट, अजयकुमार केसी, अशोक कुमार दीक्षित र दिनेश थापा रहेका छन्।

