रसुवाको बाढीपछि कोहलपुरका १३ जना सम्पर्कविहीन, खोजी तथा पहिचान कार्य तीव्र

कोहलपुर, भदौ १५,

रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कोहलपुर नगरपालिकाका विभिन्न वडाका केही व्यक्ति हालसम्म सम्पर्कविहीन भएका छन् ।

बाढीपछि आफन्तसँग सम्पर्क टुटेका उनीहरूको खोजी तथा पहिचानका लागि कोहलपुर नगरपालिकाले सम्बन्धित सुरक्षा निकाय तथा विभिन्न स्थानमा समन्वय र खोजी कार्य अघि बढाएको छ । हालसम्म कोहलपुर नगरपालिका–११ निवासी दुई जनाको आफन्तजनले सनाखत गरी अन्त्येष्टि सम्पन्न गरिसकेको जनाइएको छ । अन्य सम्पर्कविहीन व्यक्तिहरूको अवस्था भने अझै अज्ञात रहेको छ ।

नगरपालिकाका अनुसार सम्पर्कविहीन तथा बेपत्ता व्यक्तिहरूको विवरण सम्बन्धित सुरक्षा निकायका प्रमुखहरूलाई उपलब्ध गराइएको छ । यसक्रममा चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका सुरक्षा निकायका प्रमुखहरूसँग भेट गरी बेपत्ता परिवारको विवरण पेश गरिएको जनाइएको छ ।

त्यस्तै, मध्यविन्दु प्रादेशिक अस्पताल, नगर अस्पताल चोरमारा, वाणिज्य संघको शव व्यवस्थापन स्थल, भेडाबारी, रामग्राम–५ परासी, पृथ्वीचन्द्र अस्पताल तथा चितवनमा शव व्यवस्थापन गरिएका विभिन्न स्थानमा पुगेर शवसम्बन्धी जानकारी संकलन गरिएको छ । संकलित विवरण नगरपालिकामा पठाइसकिएको जनाइएको छ ।

को–को छन् सम्पर्कविहीन

नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार कोहलपुर–११ का दीपक थारु, अम्मर सिंह थारु, पृथ्वी थारु तथा आसा राम थारु र पृथ्वी थारु ९बाबु–छोरा० सम्पर्कविहीन छन् । त्यस्तै, कोहलपुर–१२ का वीरेन्द्र जोशी र सत्य जोशी श्रीमान्–श्रीमती तथा मोहननाथ योगी, कोहलपुर–१ का ताराकुमार बुढामगर र पवित्रा कुमारी बुढामगर, कोहलपुर–२ बर्दहवाका रामकुमार थारु र कोहलपुर–११ का नकुल शर्मा पनि हालसम्म सम्पर्कमा नआएको विवरणमा उल्लेख छ ।

उनीहरूमध्ये केही रसुवाको क्रान्ति बजार क्षेत्रबाट हराएका तथा केही रसुवा भन्सार, सशस्त्र प्रहरी बलको १७ नम्बर गण तथा अपर हाइड्रोपावरलगायतका स्थानमा कार्यरत रहेको जनाइएको छ ।

जानकारी भए तत्काल सम्पर्क गर्न आग्रह

सम्पर्कविहीन व्यक्तिहरूबारे कुनै जानकारी प्राप्त भएमा सम्बन्धित परिवार वा कोहलपुर नगरपालिकाको खोज तथा उद्धार समन्वय समितिलाई तत्काल जानकारी गराउन आग्रह गरिएको छ । सम्बन्धित परिवारहरूले शवको विवरण तथा पहिचानसम्बन्धी जानकारीका लागि कोहलपुर नगरपालिकाको नगर प्रहरी शाखामा सम्पर्क गर्न सक्ने जनाइएको छ ।

खोज तथा उद्धार समन्वय समितिका संयोजक वीरेन्द्र कुमार शाह ९८५८०२३१३८०, हरि कठायत ९८५८०८०७५९०, सुदन ढकाल ९८५८०६५१२५०, गंग बि।क। ९९८४८४५६४१६० र राजेन्द्र ब। सुनार ९९८६८६०४३४७० लाई सम्पर्क गर्न सकिने जनाइएको छ । नगरपालिकाले बेपत्ता व्यक्तिका आफन्त तथा सम्भावित जानकारी भएका सबैलाई खोजी तथा पहिचान कार्यमा सहयोग गरिदिन आग्रह गरेको छ । बाढीमा बेपत्ता भएकाहरू सकुशल भेटिऊन् भन्ने कामनासहित उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !