कोहलपुर भदौ १९,
रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहेको छ ।

संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्रबाट दुई जनालाई जीवितै उद्धार गर्न सफल भएको जनाएको छ । उद्धार गरिएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन । सुरुङभित्र अझै अन्य व्यक्ति फसेको हुन सक्ने आशंकामा संयुक्त टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ । घटनास्थलमा सुरक्षा निकाय तथा सम्बन्धित उद्धार टोली परिचालन गरिएको छ ।
बाढीका कारण जलविद्युत् आयोजनाको संरचनामा क्षति पुगेपछि सुरुङभित्र फसेकाहरूको उद्धार चुनौतीपूर्ण बनेको थियो। टोलीले जोखिमका बीच उद्धार कार्य अघि बढाइरहेको जनाएको छ ।

