मुख्य मन्त्री कोहलपुर गोल्डकप २०८१ को सम्पूर्ण तयारी पुरा, हेर्नुहोस् खेल तालिका

कोहलपुर, फागुन १६,

बाँकेको कोहलपुरमा संचालन हुन लागेको तेस्रो मुख्य मन्त्री कोहलपुर गोल्डकप २०८१ को सम्पूर्ण तयारी पुरा भएको छ ।

फागुन १७ गते दिउँसो १ बजे उद्घाटन हुने गोल्डकपको तयारी सबै पुरा भएको आयोजकले जनाएको छ । तेस्रो मुख्य मन्त्री कोहलपुर गोल्डकपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरि ८ वटा टिमको सहभागिता रहने छ । गोल्डकपको उद्घाटन खेलमा कोहलपुर रेसिङ साहरा फुटबल क्लब र लुम्बिनी फुटबल एकेडेमी घोराही बिच खेल हुनेछ ।

खेलको दोस्रो दिन साहरा फुटबल क्लब भारत र राईजिङ्ग स्टार फुटबल क्लब नवलपरासी बिच खेल हुने आयोजकले जनाएको छ । तेस्रो खेलमा प्लानिङ्ग ब्वाईज युनाईटेड क्लब काठमाण्डौ र राईनो फुटबल क्लब गण्डकी प्रदेश बिच प्रतिष्पर्धा हुनेछ भने अन्तिम खेल अफ्रिकन राष्ट्र घाना फुटबल क्लब र काक्रेबिहार फुटबल क्लब सुर्खेत आमने सामने हुनेछन् ।

फाईनल खेल फागुन २४ गते दिउँसो ३ बजे हुनेछ । फुटबल अवलोकन गर्न आउने दर्शकहरुका लागि ५० रुपैया टिकटको व्यवस्थापन गरिएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !