राप्ती–९ मा नारायण प्रसाद गौडेलको घरदैलो अभियान, विकासको प्रतिबद्धता

कोहलपुर, फागुन ७,

बाँके क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रसाद गौडेलले राप्ती गाउँपालिका–९ मा आयोजित घरदैलो कार्यक्रममार्फत त्यहाँका स्थानीयसँग प्रत्यक्ष संवाद गरेका छन् ।

घरघरमा पुगेर नागरिकहरूका समस्या, आवश्यकता र अपेक्षा सुन्दै उनले विकासप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन् । सम्बोधनका क्रममा उनले शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । गुणस्तरीय शिक्षा पाउनुपर्ने, किसानले उचित मूल्य पाउनुपर्ने र गाउँसम्म आधारभूत सेवा विस्तार हुनुपर्नेमा उनले जोड दिएका छन् ।

त्यसैगरी युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, महिलाको सहभागिता बढाउने र सुशासन कायम गर्ने आफ्नो मुख्य एजेन्डा रहेको उनले स्पष्ट पारे । उनले जनतासँग निरन्तर सम्पर्कमा रहने र राप्ती सोनारी गाउँपालिका–९ को समग्र विकासका लागि दीर्घकालीन योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्दै उनले आगामी निर्वाचनमा सहयोग र समर्थन गर्न आग्रह गरेका छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !