तिहारलाई लक्षित गरी नेपालगञ्जमा तीन युवाले गरे सयपत्री फूल खेती, बिक्रीका लागि तयार

कोहलपुर, कात्तिक, १५,

तिहार नजिकिँदै गर्दा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९, लगदहवामा तीन जना युवाले व्यावसायिक रूपमा उत्पादन गरेको सयपत्री फूल बिक्रीका लागि तयार भएको छ ।

कृषि विषयमा स्नातक ‘बीएस्सी एजी’ अध्ययनरत वेदराज आचार्य, अशिम सिग्देल र चेतन केसीले तिहारलाई लक्षित गरी सयपत्री फूल खेती गरेका हुन् । कृषि क्षेत्रमा नयाँ सम्भावना खोज्ने र अध्ययनबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने उद्देश्यले उनीहरूले फिट फर्म (FIT FARM) मार्फत व्यावसायिक फूल खेती सुरु गरेका थिए । स्थानीय स्तरमै फूल उत्पादन गरी बजारमा स्वदेशी फूलको उपलब्धता बढाउने उद्देश्यसहित गरिएको यस प्रयासले कृषि उद्यममा युवाको आकर्षण बढाउनुका साथै व्यावसायिक कृषिको सम्भावनासमेत उजागर गरेको छ ।

तिहार तथा अन्य शुभकार्यका लागि आवश्यक सयपत्री फूल र माला खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले अग्रिम अर्डर तथा बुकिङ गर्न सक्नेछन् ।

फूल तथा माला अर्डरका लागि, स्थान : नेपालगञ्ज–१९, लगदहवा, बाँके,  सम्पर्क : ९८६९८५१४६३

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !