कोहलपुर, असोज २, किशोरीहरूको क्षमता विकाससँगै उनीहरूलाई आर्थिक गतिविधिमा जोड्न सके आत्मनिर्भर र सशक्त बनाउन सकिने गुलरिया नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत मुकुन्द अर्यालले बताएका छन् । गुलरिया नगरपालिकाले किशोरीहरूलाई सशक्त बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । किशोरीहरूको क्षमता...

कोहलपुर, भदौ २८, कवि एवम् साहित्यकार विष्णु पन्थी ‘विनु’को कविता सङ्ग्रह ‘जेञ्जीकी आमा’ भव्य कार्यक्रमबीच विमोचन गरिएको छ । गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानको आयोजनामा गैँडाकोटस्थित होटल द नारायणीमा आयोजित ‘जेञ्जीकी आमा लोकार्पण, विमर्श एवम् कविता वाचन’ कार्यक्रममा कृति विमोचन गरिएको हो...

कोहलपुर, भदौ २८, बाँकेको कोहलपुर–१४ हवलदारपुरस्थित कृषि हाटबजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाज सेवा संस्था नेपाल, केन्द्रीय कार्यालय कोहलपुर–१४ हवलदारपुरको आयोजनामा भएको कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् । ‘रक्तदान, जीवन दान’ भन्ने मूल नाराका साथ भोटेकोशीमा आएको...

कोहलपुर भदौ २१, बाँकेको कोहलपुरमा सम्पन्न चौथो कोहलपुर गोल्डकप–२०८३ को आर्थिक विवरण सार्वजनिक गरिएको छ । प्रतियोगिता आयोजक कोहलपुर रेसिङ सहारा क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै गोल्डकपको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरेको हो । आयोजकका अनुसार प्रतियोगिताबाट ४४ लाख...

कोहलपुर, भदौ १९, अछामको साँफेबगर नगरपालिकाले रसुवाका बाढीपीडितका लागि रु ४० लाखभन्दा बढी आर्थिक सहयोग गर्ने भएको छ । रसुवामा आएको बाढीबाट प्रभावित परिवारको पीडामा मलम लगाउने उद्देश्यले नगरपालिकाले यस्तो सहयोग गर्ने निर्णय गरेको हो । सहयोग रकम जनप्रतिनिधि, शिक्षक...

कोहलपुर भदौ १९, रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहेको छ । संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्रबाट दुई जनालाई जीवितै उद्धार गर्न सफल भएको जनाएको...

कोहलपुर, भदौ १७, रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोपछि बेपत्ता तथा प्रभावितको खोजी र उद्धारका लागि हवाई तथा जमिनी अभियानलाई तीव्र पारिएको छ। विभिन्न जलविद्युत आयोजनाका टनेलमा समेत उद्धार टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको...

कोहलपुर, भदौ १७, रसुवामा आएको बाढीले जनजीवन अस्तव्यस्त बनाइरहेका बेला त्यसको पीडा कम गर्न कोहलपुरबाट मानवीय सहयोगको हात अघि बढेको छ । बाढीका कारण घाइते भएका नागरिकको उपचारमा आवश्यक पर्ने रगत अभाव हुन नदिन सञ्चारिका समूह बाँके शाखाले रक्तदान कार्यक्रम...

कोहलपुर, भदौ १७, रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन मनसुन प्रतिकार्य कमाण्ड पोस्टले ११ बुँदे निर्णय गरेको छ। कमाण्ड पोस्टको बैठकले बाढीबाट प्रभावित भई उद्धार गरिएका नागरिकलाई सम्बन्धित स्थानीय तह र...

कोहलपुर, भदौ १७, वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था क्लिन अप नेपाल ९स्वच्छ सफा नेपाल० को १३औँ वार्षिक साधारणसभा काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, वित्तीय अनुशासन, सामाजिक जवाफदेहिता तथा...

कोहलपुर भदौ १६, रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित परिवारको राहत र पुनर्स्थापनाका लागि बाँकेको कोहलपुरस्थित पी.बी.टी. वेस्ट इन्डस्ट्रिज प्रा.लि.ले १ लाख ५१ हजार १५१ रुपैयाँ सहयोग गरेको छ। कोहलपुर नगरपालिका–९, बाँकेमा रहेको कम्पनीले बाढी तथा पहिरोबाट...

कोहलपुर, भदौ १५, रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कोहलपुर नगरपालिकाका विभिन्न वडाका केही व्यक्ति हालसम्म सम्पर्कविहीन भएका छन् । बाढीपछि आफन्तसँग सम्पर्क टुटेका उनीहरूको खोजी तथा पहिचानका लागि कोहलपुर नगरपालिकाले सम्बन्धित सुरक्षा निकाय तथा विभिन्न स्थानमा समन्वय र खोजी...