लोकतान्त्रिक समावेशी व्यवसायी समूहको पसल दैलो तीब्र

कोहलपुर, २२ असोज,

कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन मिति नजिकिए सँगै लोकतान्त्रिक समावेशी व्यवसायिक समूहले पसल दैलो कार्यक्रमलाई तीब्रगतिमा अघि बढाइरहेको छ । समूहले कोहलपुर नगरपालिका भित्र रहेका व्यवसायीहरुको गुनासो सुन्न प्रत्येक दिन पसल दैलो कार्यक्रम विहान सबेर देखि साझ अबेर सम्म गरिहेको छ ।

व्यवसायीहरुको आवज र समस्या समधान गर्न लोकतान्त्रिक समावेशी व्यवसायी समूह सक्षम रहेकाले पुरै समूहलाई नैं विजयी गराउँन अध्यक्ष पदका उम्मेदवार भट्टराइले आग्रह गरे । व्यवसायीका सस्या नजिकैं बाट नियालेकाले त्यसको समधान गर्न अहिले पसल–पसलमा पुगेर आफ्नो प्रतिवद्धता जनाउँदै भोट मागिरहेको उनले बताए । लैंगिक समानता, सामाजिक समावेशिता र सबै प्रकारका व्यवसायलाई समान अवसर प्रदान गर्न प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष पदका उम्मेदवार प्रदीप भट्टराईले भने,‘कोहलपुर उद्योग बाणिज्य संघलाई सबै व्यवसायीहरूको साझा थलो बनाउने हाम्रो उद्देश्य हो ।’ पारदर्शिता र जवाफदेहितालाई आफ्नो अभियानको मूल मन्त्र बनाएका अध्यक्ष पदका उम्मेदवार भट्टराईले संघको कामकारबाहीलाई पारदर्शी बनाउने र हरेक व्यवसायीलाई आफ्नो मतको महत्व बुझाउने प्रतिक्रिया दिएका छन् । आफु निर्वाचित भए व्यवसायीहरूको हितमा काम गर्ने र संघलाई प्रभावकारी संस्था बनाउने भट्टराईले प्रतिबद्धता व्यक्त गरेका छन् ।

अहिले लोकतान्त्रिक समावेशी समूहको पसल दैलो कार्यक्रमले व्यवसायीहरु समेत उत्साहीत देखिन्छन् । नजिकैं आउँदै गरेको दशैं र अनुभवी, परिपक्क सक्षम युवा नेतृत्वले व्यवसायीहरुमा छुट्टै उत्साह छाएको छ । कोभिड पछि व्यवसायीहरु एक पछि अर्काे मारमा परेकाले त्यसको समाधान गर्न अब हाम्रो नभनि राम्रोलाई भोट दिने व्यवसायीहरु बताउँछन् । लोकतान्त्रिक व्यावसायिक समूहबाट भट्टराईको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा चण्डीप्रसाद गैरे, उद्योगतर्फको उपाध्यक्षमा हरिशरण केसी, वस्तुगत उपाध्यक्षमा राकेश विष्ट, महासचिवमा दीपकबहादुर भण्डारी, उपमहासचिवमा राजनकुमार पौडेल, कोषाध्यक्षमा भूमिराज कँडेल र सहकोषाध्यक्षमा देवीलाल सुनार रहेका छन् । त्यस्तै, सो समूहबाट खुला सदस्यमा अमृतप्रसाद पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरणप्रसाद श्रेष्ठ, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, गिरिधारी शर्मा, अशोक गौडेल र मानबहादुर क्षेत्री उम्मेदवार रहेका छन् । एशोसियटतर्फ राजेन्द्रप्रसाद रिजाल तथा महिला सदस्यमा शीतल योगी अधिकारी र ममता थापा उम्मेदवार रहेका छन् ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर

कोहलपुर नगरपालिकाको बजेट सुझाव कार्यक्रम सम्पन्न, नगरप्रमुख आचार्यको जनमुखी नीति निर्माणमा जोड

कोहलपुरमा नयाँ आकर्षणः जनभावना क्याफे एण्ड रेस्टुरेन्ट–सस्तो, सुलभ र स्वादिलो भोजनको गन्तव्य

अछाममा म्याद गुज्रेका चिसो पेय पदार्थ खुलेआम बिक्री, प्रशासनले सुरु गर्यो अनुसन्धान

कोहलपुरमा सुनचाँदी गहना निर्माण तालिम सुरु, परम्परागत सीपको जगेर्नामा जोड

नेपालगञ्ज–काठमाडौं ‘फाईटर किङ्ग’ लक्जरी बस सेवा सुरु “पश्चिम नेपालकै पहिलो सिल्पर सोफा बस”

अखिल नेपाल किसान महासंघ बाँकेद्धारा ४२ बुँदे घोषणा–पत्र सार्वजनिक, किसानको हितमा भएको भन्दै ८ वटै पालिकाले सम्बोधन गर्नुपर्ने तर्क