धिरज बिष्ट लोकतान्त्रिक विद्यार्थी संघको सह–महासचिवमा मनोनयन

कोहलपुर, कार्तिक १५,

लोकतान्त्रिक विद्यार्थी संघको नयाँ नेतृत्व चयनमा धिरज बिष्ट सह–महासचिव पदमा मनोनयन भएका छन् ।

बिष्टको मनोनयनले संगठनभित्र नयाँ उत्साह थपेको बताइएको राजनीतिक प्रतिबद्धता, नेतृत्वदायी क्षमता, र विद्यार्थीहरूको आवाज बुलन्द गर्न गरेको सक्रिय भूमिकालाई कदर गर्दै उनलाई यो जिम्मेवारी सुम्पेका हुन् । मनोनयनपछि बिष्टले आफू विद्यार्थीको हकहितका मुद्दामा दृढ भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । धिरज बिष्टले संगठनभित्र लामो समयदेखि विभिन्न तहहरूमा जिम्मेवारी सम्हाल्दै आएका छन्।

उनको मनोनयनसँगै संगठनले आगामी दिनमा विद्यार्थीहरूको हक र अधिकारका मुद्दामा अझ सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ । बिष्टले शिक्षा नीति सुधार, क्याम्पसहरूमा अनुशासन कायम गर्ने र विद्यार्थीहरूको अवसर प्रवर्द्धन गर्ने मुद्दालाई प्राथमिकतामा राख्ने बताएका छन् । बिष्टलाई सह–महासचिवमा नियुक्त गरेपछि संगठनभित्र नयाँ ऊर्जा थपिएको महसुस गरिएको छ । अबको कार्यकालमा संगठनले विद्यार्थीहरूको माग सम्बोधन गर्न अझ प्रभावकारी पहल गर्ने विश्वास लिइएको छ ।

कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर

कोहलपुर महोत्सवको पाँचौं दिन दर्शकहरुको उल्लेख्य सहभागिता

तेस्रो मुख्यमन्त्री कोहलपुरमा गोल्डकपको तयारी तिव्र, मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक नियुक्त

प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सवको तेस्रो दिन विभिन्न राष्ट्रिय तथा स्थानीय प्रस्तुती रहने

कोहलपुरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिनुपर्नेमा पर्यटन मन्त्री न्यौपानेको–प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सवको उद्घाटन

प्रथम कृषि तथा पर्यटन पर्वद्धन व्यापारिक संरक्षण तथा साँकृतिक महोत्सव–एस्पो २०८१ को सम्पूर्ण तयारी पुरा–१ बजे उद्घाटन हुँदै

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेश कार्यसमिति नँया नेतृत्व