कोहलपुर, कार्तिक २२,
बाँकेको कोहलपुरका युवा अर्विन चन्द ठकुरी “हिमालय रोडिज सिजन ६“को प्रतिस्पर्धामा कलिङ राउन्डमा छनोट भएका छन् ।
अर्विन देशकै ठुलो रियालिटी सो हिमालय रोडिजको कलिङ राउन्डमा छनोट भएका हुन् । हिमालय रोडिजको सिजन ६ को अडिसन राउण्डबाट छानिएका उनी रोडिजको कलिङ राउन्डमा उत्कृष्ठ प्रस्तुती दिदैं छनोटमा पर्न सफल भएका हुन् । कोहलपुर र बाँके जिल्लाकै प्रतिनिधित्व गर्दै रोडिज प्रवेश गरेका थिए । अर्विन कलिङ राउण्ड पार गरि जर्नि राउण्डमा पुगेका छन् ।
उनलाई कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यसहित सम्पूर्ण कोहलपुरवासीले सफलताको शुभकामना व्यक्त गरेका छन् । आचार्यले यहाँ क्षेत्रबाट सम्भवत पहिलो प्रतिनिधिका रुपमा छनोट भएका चन्दलाई थप अगाडि बढाउन सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

